Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

नेपाल आदिवासी जनजाती महासंघ कुवेतको नेतृत्वमा पुन: अमृत तामाङ

नेपाल आदिवासी जनजाती महासंघ कुवेतको नेतृत्वमा पुन: अमृत तामाङ

चन्द्र गाेतामे

चन्द्र गाेतामे

भाद्र २, २०८० शनिवार • १४:०१:४६ बजे
  • 1.0K
    SHARES
  • नेपाल आदिवासी जनजाती महासंघ कुवेतको नेतृत्वमा पुन: अमृत तामाङ

    कुवेत - नेपाल आदिवासी जनजाती महासंघ कुवेतको अध्यक्षमा पुन: अमृत तामाङ सर्वसम्मत निर्वाचित भएका छन ।

    images

    कुवेतको जलिबस्थित पपिन्स हलमा १८ अगष्ट शुक्रवारको दिन सम्पन्न २९ औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन बाट अध्यक्षमा पुन अमृत तामाङ सर्वसम्मत निर्वाचित भएका हुन । त्यसैगरी बरिष्ट उपाध्यक्षमा वल वहादुर काम्वाङ, उपाध्यक्षमा लाल ब.सुनुवार, उपाध्यक्षमा मोहन नाछिरिङ राई, महिला उपाध्यक्षमा नम्रता थापा मगर, महासचिवमा राजु गुरुङ, सचिवमा अमित किराती लिम्बु, भुमी राज राई, कोषाध्यक्षमा माया चाम्लिङ राई, सह कोषाध्यक्षमा तुला (सन्ध्या) राना मगर, सदस्यहरूमा हर्क मोक्तान, रोसन राई, भक्तराम सुनुवार, सविन दुमी राई, रन्जाना गुरुङ, नानु माया राना मगर, प्रदिप केरुङ लिम्बु, डम्बर मोक्तान, मोहन कुमार राई, जुन याङदेम्बा नेम्बाङ, आयुर घले, रेश्मा लामा, नगेन्द्र खजुम लिम्बु, अरुण चाम्लिङ, शान्ती सुनुवार, बुम्बा लो तामाङ, ईग खापुङ लिम्बु, युवराज राई, रबिना तुलाधर निर्वाचित भएका छन । संरक्षक तथा सल्लाहकार समितिमा संरक्षक अमित चाम्लिङ राई , संरक्षक राजेन्द्र तामाङ र सल्लाहकारहरूमा मनु मगर, खोप ब.गुरुङ, राम लामा, बसन्त थापा मगर, अरुण लिम्बु, दुर्गा चेम्जोङ, हरी लावटी, उमेश राई, रमिता योन्जन रहेका छन । 

    IMG_9291.jpeg

    अमृत तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास कुबेतको द्वितीय सचिव श्रीकृष्ण सिलवालको प्रमुख आतिथ्यता रहेको थियो । भने विशिष्ट अतिथिमा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, महासंघको संस्थापक संरक्षक राजेन्द्र तामाङ, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष राज मल्ल ठकुरी लगायत रहेका थिए । त्यसैगरी कुवेतमा कृयाशिल विभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको उपस्थिती रहेको थियो । सदस्य रन्जान गुरुङ को संचालन रहेको कार्यक्रममा उपाध्यक्ष-वल वहादुर काम्वाङले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि , विशिष्ट अतिथि लगायतले शुभकामना मन्तव्य राखेका थिए
    IMG_9290.jpeg 

    कुवेतलाई कर्मथलो बनाएर बसेका जनजाती अन्तर्गत विभिन्न जातीय संस्था नेपाल तामाङ घेदुङ कुवेत, नेपाल मगर संघ कुवेत, किरात राई यायोक्खा शाखा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत, तमु प्ये ल्हु संघ कुवेत शाखा, सुनुवार सेवा समाज कुवेत, तमू समाज कुबेत, नेवा गुठी कुबेत लगायतले २९ औं विश्व आदिवासी दिवसको अवसरमा आ -आफ्नो भेषभुषा र पहिचान झल्किने गीत, नृत्य, झाँकी र अन्य मनोरञ्जनात्मक प्रस्तुती रहेको थियो

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology