Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तमू प्ये ल्हु संघ कुवेतले तमू ल्होसार जनवरी ५ मा मनाउने

तमू प्ये ल्हु संघ कुवेतले तमू ल्होसार जनवरी ५ मा मनाउने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

भाद्र ८, २०८० शुक्रवार • ११:११:४६ बजे
  • 895
    SHARES
  • तमू प्ये ल्हु संघ कुवेतले तमू ल्होसार जनवरी ५ मा मनाउने

    कुबेत -  तमू प्ये ल्हु संघ कुवेतले तमू ल्होसार ५ जनवरी २०२४ मा मनाउने भएको छ । 

    images

    तमू समुदायको मौलिक भेषभुषा, भाषा, धर्म, कला, संस्कार, संस्कृति र पराम्परालाई निरन्तरता गर्ने मुख्य उदेश्यका साथ प्रवास कुबेतमा स्थापित तमु प्ये ल्हु संघ शाखा कुवेतले हरेक बर्ष झैं यस बर्ष पनि तमु समुदायको मौलिक महान पर्व तमु फो- ल्हो (बिरालो वर्ग) लाई बिदाइ गर्दै आगमन  (गिद्ध वर्ग) लाई स्वागत गर्दै तमु ल्होसार  मनाउने भएको छ । 

    स्थानीय कलाकारद्वारा विविध सांस्कृतिक कार्यक्रम समेत रहेको छ भने हल भने तय भएको छैन । उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।

    आयोजक : तमु प्ये ल्हु संघ शाखा कुवेत
    मिति : ५ जनवरी २०२४  शुक्रबार
    स्थान : हल तय नभएको
    समय : ठिक बिहान १२  बजे

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology