Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रवासी नेपाली एकता मञ्च युएईको अध्यक्षमा विपिन सापकोटा

प्रवासी नेपाली एकता मञ्च युएईको अध्यक्षमा विपिन सापकोटा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०८० मंगलवार • ०९:३२:३४ बजे
  • 706
    SHARES
  • प्रवासी नेपाली एकता मञ्च युएईको अध्यक्षमा विपिन सापकोटा

    संवाददाता/ नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च युएईको अध्यक्षमा विपिन सापकोटा चयन भएका छन् ।मञ्चको हिजो सम्पन्न दोस्रो अधिवेशनले सापकोटा अध्यक्ष रहेको१५ सदस्यीय राष्ट्रिय कमिटी गठन गरेको हो ।

    images

    अधिवेशनले युएई राष्ट्रिय कमिटीको उपाध्यक्ष लोक प्रसाद दाहाल, सचिव सन्दिप पौडेल, सह सचिवद्वय जीवन राज आचार्य र अभिषेक रेग्मीलाई सर्वसम्मत चयन गरेको छ।

    यसै गरी सदस्यहरुमा क्रमश: याद कुमार श्रेष्ठ, कमल सुनार, भुवन राज ढकाल, दुर्गा भण्डारी, पुष्पा साम्बा,बिमल धमाली, सफल न्यौपाने, बिनोद कुमार भुजेल,प्राण तामाङ, नारायण के भट्टराई र पासाङ शेर्पा चयन भएका छन्।

    सन्दिप पौडेलको सञ्चालन तथा विपिन सापकोटाकोटाको अध्यक्षतामा भएको अधिवेशमा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य तथा प्रवास इञ्चार्ज श्रीप्रसाद शाहको प्रमुख आतिथ्यमा भएको थियो। एनआरएनए कतारका निबर्तमान अध्यक्ष महोम्मद मुक्तदा मुसलमान लगायत युएईका बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिले अधिवेशन सफलताको शुभकामना दिएका थिए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology