Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

बादलको लुकामारीमा चरिकोटको सुन्दरता

बादलको लुकामारीमा चरिकोटको सुन्दरता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०८० बिहिवार • १०:२७:५८ बजे
  • 2.4K
    SHARES
  • बादलको लुकामारीमा चरिकोटको सुन्दरता

    हिमाली जिल्लामध्ये सुन्दर बजारमा पर्दछ चरिकोट । भीमेश्वर नगरपालिका अन्तर्गत पर्ने दोलखाको सदरमुकाम हो चरिकोट । चरिकोट सदरमुकाम १ हजार ९७० मिटर उचाइमा पर्दछ ।

    images

    काठमाडौंबाट १३३ किलोमिटर टाढा पर्दछ चरिकोट । जुनसुकै मौसम र समयमा पनि चिटिक्क देखिन्छ चरिकोट । यही चरिकोटबाट १८ किलोमिटर तल तामाकोशी बजार झर्दा तराईको मौसम महसुस हुन्छ । किनकि तामाकोशी बजार ८०० मिटर उचाइमा पर्दछ । यही चरिकोटबाट १७ किलोमिटर उकालो लाग्दा कालिञ्चोक मन्दिर पुगिन्छ ।

    कालिञ्चोक भगवती मन्दिरको उचाइ ३ हजार ८४२ मिटर छ । जसले गर्दा गर्मी होस् या चिसो मौसम, यहाँको वातावरण छिनछिनमा बदलिइरहन्छ । अझ वर्षायाममा बादलको लुकामारीले चरिकोटको सुन्दरतामा झन् सुन्दरता थपिरहन्छ । सदरमुकाम चरिकोट दोलखा जिल्लाको ट्रान्जिट प्वाइन्ट पनि हो ।

    Charikot1.jpg

    चरिकोटमा सुविधासम्पन्न होटलहरू भएकाले दोलखा भित्रिएका पर्यटकले प्रायः एक रात यहीं बसेर मात्र अन्यत्र गन्तव्य तय गरेका हुन्छन् । दोलखामा रहेका गौरीशंकर हिमाल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, गौरीशंकर संरक्षण क्षेत्र आयोजना, च्छोरोल्पा हिमताल, लाप्ची गुम्बा र विगु गुम्बामा जानको लागि आन्तरिक तथा बाहृय पर्यटकहरू यही बाटो हुँदै जाने हो ।

    यहींबाट दोलखाको ८ वटा स्थानीय तहहरूमा पुग्न सकिन्छ । चरिकोटबाट भीमेश्वर मन्दिर, कालिञ्चोक मन्दिर, राङराङथली थामी संग्रहालय र महांकाल मन्दिरमा मोटरबाटोहुँदै सहज तरिकाले पुग्न सकिन्छ । चरिकोट सातदोबाटोबाट जिरी नगरपालिका ५५ किलोकिलोमिटर टाढा पर्दछ ।

  • सम्बन्धित विषय:

  • # चरिकोटको सुन्दरता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology