Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तमू समाज कुवेतले तमू ल्होसार १२ जनवरीमा मनाउने

तमू समाज कुवेतले तमू ल्होसार १२ जनवरीमा मनाउने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

भाद्र २४, २०८० आइतवार • १०:३६:३० बजे
  • 1.6K
    SHARES
  • तमू समाज कुवेतले तमू ल्होसार १२ जनवरीमा मनाउने

    कुवेत - तमू समाज कुवेतले तमू ल्होसार  आगामी १२ जनवरी २०२४ मा मनाउने भएको छ ।

    images

    प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ २५ डिसेम्बर २००९ मा स्थापना भएको नेपाली समाज कुवेतको पुरानो जातीय संस्था तमू समाज कुवेतले आफ्नो महान पर्व तमू ल्होसार आगामी १२ जनवरीमा  मनाउने शुक्रवार  बसेको बैठकले उक्त निर्णय गरेको हो ।
     
    प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातीय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात फैलाउदै आइरहेको तमू समाज कुवेतले हरेक वर्ष तमू ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ ।  कार्यक्रमको लागि हलको खोजीमा रहेको र हल्ल्को टुंगो चाडै नै लगाएर सार्वजनिक गरिने समाजका अध्यक्ष राजु गुरुङले बताएका छन ।

    उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सदाको झै कार्यक्रममा सहभागी जनाई कार्यक्रम लाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।

    कार्यक्रम : (तमू ल्होसार)
    मिति : १२ जनवरी २०२४ शुक्रबार
    स्थान: तय नभएको 
    आयोजक : तमू समाज कुवेत

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology