Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रवासी नेपाली एकता मञ्च कुवेतको तेश्रो अधिबेशन २९ सेप्टेम्बरमा हुने

प्रवासी नेपाली एकता मञ्च कुवेतको तेश्रो अधिबेशन २९ सेप्टेम्बरमा हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

भाद्र २५, २०८० सोमवार • २०:१६:१५ बजे
  • 1.8K
    SHARES
  • प्रवासी नेपाली एकता मञ्च कुवेतको तेश्रो अधिबेशन २९ सेप्टेम्बरमा हुने

    कुवेत -  नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भातृ संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतले तेश्रो राष्ट्रिय अधिबेशन गर्ने भएको छ  । 

    images

    कुवेतस्थित जिलिबमा रहेको रिदम हलमा २९ सेप्टेम्बर २०२३ शुक्रवारको दिन मञ्चले एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज श्रीप्रसाद साहको प्रमुख आतिथ्य र केन्द्रीय परिषद सदस्य तथा मञ्चका प्रमुख सल्लाहकार मधुकर रिजालको विशेष आतिथ्यमा महाधिवेशन गर्न लागिएको अध्यक्ष युवराज गैरेले जानकारी दिएका छन ।

    उक्त दिन कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी एवं बुद्धिजिवि र नेपाली दाजुभाई तथा दिदिबहिनिहरु लाई अधिवेशन समारोहमा उपस्थित भई शोभा बढाईदिनको निम्ति समेत आयोजकले अनुरोध गरेको छ । 

    प्रवासी नेपाली एकता मञ्च कुवेतको अधिबेशन हुने मिति , समय र स्थान यस प्रकार रहेको छ। 

    मिति = २९ सेप्टेम्बर २०२३ शुक्रवार 
    समय = बिहान ११ बजे 
    स्थान = रिदम हल जिलिप

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology