कुवेत - म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतद्वारा आयोजित नेपाली हिन्दु नारिहरुको महान चाड हरितालिका तीज तथा पत्रकार सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कुवेतको मङ्गाफस्थित मेमोरिस हलमा १५ सेप्टेम्बर २०२३ शुकृवारको दिन अध्यक्ष दिपक छन्त्यालको सभापतित्व तथा प्रमुख संरक्षक मान बहादुर फगामीको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । महासचिव बिमल पुनको संचालन रहेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष तेजिन श्रेष्ठ राखेका थिए ।कार्यक्रममा सभापति, प्रमुख अतिथि, बिशेष अतिथिहरु लगायतले दिप प्रज्वलन गरिएको थियो । नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा साँस्कृतिक प्रस्तुतीले झनै रौनक छाएको थियो ।

कुवेतको नेपाली समाजमा हुने सभा, समारोह, सम्मान, स्वागत लगायत कुनै पनि कार्यक्रम सञ्चालनका लागि अतिथिको स्वागत तथा सम्मानका लागि लागि व्याच र खादाको नै प्रयोग हुन्छ । तर मोना कुवेतले पिपलको पातले पनि अतिथि सत्कार गर्न सकिने उदाहण दिएको छ । कार्यक्रममा उपस्थित अतिथिलाई पिपलको पातमा टिपेक्सले अतिथि लेखेको व्याचले सत्कार गर्यो । केही नौलो लागेपनि अतिथिहिरुले व्याच छातीमा सजाए । पिपलको पातबाटै अतिथि सत्कारको नयाँ काईदा धेरैले राम्रो पनि माने । नेपाली समाजमा पिपललाई धार्मिक महत्वको रुपमा लिईन्छ । पिपललाई पवित्र मानिन्छ । पिपलको पातलाई अतिथि सम्मानका लागि व्याचको रुपमा प्रयोगमा ल्याईनु राम्रो हो । यत्रतत्र सहजै उपलव्ध हुने पिपलको पातलाई व्याचको रुपमा प्रयोगमा ल्याउन सकेमा समय र पैसा दुवैको वचत हुने देखिन्छ ।

हरितालिका तीजको अवसर पारेर कुवेतमा संचालित नेपाली मिडिया तथा पत्रकारहरुलाई खादा ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको थियो । त्यसैगरी चेलीवेटीलाई उपहार स्वरुप लुङ्गी प्रदान गरिएको थियो भने कलाकार तथा अन्य सहयोगीदाताहरुलाई पनि सम्मान गरिएको थियो । अन्तमा सभापति दिपक छन्त्यालले कार्यक्रम सफल पार्नको लागि प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राख्दै कार्यक्रम समापनको घोषणा गरेका थिए।