कुवेत- गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कुवेतको अध्यक्षमा धिरेन्द्र राज सुवेदी निर्विरोध निर्वाचित भएका छन ।
विनोद कुँवरको नेतृत्व रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद कुवेतको १८ अगष्ट २०२३ मा सम्पन्न अधिवेशनबाट २०२३-२०२५ कार्यकालको लागी धिरेन्द्र राज सुवेदी (धिरेन) अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका हुन ।
गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषद कुवेतबीच MOU मा दुबै तर्फबाट हस्ताक्षर गरिएको बताइएको छ । साथै एनसीसी कुवेतले छिट्टै एक विशेष कार्यक्रमको आयोजना गरि संस्थाको भावी कार्ययोजनाबारे पत्रकारहरुसँग प्रेसमिट गर्नुका साथै कुवेतमा रहेका बिभिन्न नेपाली संघसंस्थाहरु लगायतसंग आगामी दिनमा हातेमालो गर्दै आपसी छलफल तथा अन्तरक्रिया कार्यक्रम राखिने बताइएको छ ।
एनआरएनए आईसीसी सदस्यमा शुसन गौतम र एनसीसी कुवेतको संरक्षकमा युवक राई रहेका छन । त्यसैगरी एनसीसी कुवेतको बरिष्ठ उपाध्यक्षमा उमा घिमिरे, उपाध्यक्षमा टिका राम बश्याल, महिला उपाध्यक्षमा ईन्दिरा चाम्लिङ राई, महासचिवमा पुष्करसिंह धामि, सचिवमा गोकुल महत, खिम बहादुर खासु, कोषाध्यक्षमा सन्त बहादुर तामाङ, युवा संयोजकमा विजय सारु मगर, सह युवा संयोजकमा हरि बहादुर राउत, महिला संयोजक, सूर्य माया तामाङ, प्रबक्तामा पावल राई रहेका छन ।
त्यस्तै, सदस्यहरुमा कृष्ण बहादुर हमाल, ईन्द्र परियार, दिपक आले, कमल थापा, संन्जय थापा, पर्शुराम घिमिरे, छविलाल सुवेदि, कृष्ण माया ढुंगाना (रोजिना) र रुजेन्द्र महर्जन रहेका छन भने सल्लाहकारहरु होम खत्री (एचपी), रुपेन बिक्रम हमाल, दीपेन्द्र बिक्रम खाँड र अमृत गुरुङ रहेका छन ।