Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा पनि मनाईयो नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस (फोटोफिचर)

कुवेतमा पनि मनाईयो नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस (फोटोफिचर)

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आश्विन ४, २०८० बिहिवार • ०८:२४:०० बजे
  • 1.1K
    SHARES
  • कुवेतमा पनि मनाईयो नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस (फोटोफिचर)

    कुवेत - नेपाली राजदूतावास कुवेतको आयोजनामा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । 

    images

    कुवेतको फर्वानियास्थित क्राउनप्लाजा होटलमा    २० सेप्टेम्बरका दिन कुवेतका परराष्ट्र मामिला सहायक मन्त्री नबिल अल दाखिलको प्रमुख आतिथ्यतामा  संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईएको हो । प्रथम सचिव प्रेमराज गौतमको संचालन रहेको कार्यक्रममा कुवेत तथा नेपालको राष्ट्रिय गान पश्चात् नवौ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

    IMG_0253.jpeg

    कार्यक्रममा वोल्दै कुवेतका लागि नेपाली कार्यवाहक राजदूत सुजनी रानाले नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा कुवेत तथा इराकमा कार्यरत नेपाली श्रमिक लगायत सम्पूर्ण नेपालीहरुलाई थप प्रगति समृद्धि तथा उज्ज्वल भविष्यको कामना सहित शुभकामना व्यक्त गरेकी थिइन । साथै उनले नेपाल र कुवेतको ५१ वर्ष अगाडिदेखि नेपाल र कुवेतबीच भएको कूटनीतिक सम्बन्ध पछिल्लो समयमा द्धिपक्षीय सम्वन्ध दिनानुदिन प्रगाढ हुँदै गइरहेको चर्चा गरेकी थिइन । कुवेतमा झन्डै नब्बे हजार भन्दा बढी नेपाली श्रमिक कार्यरत रही कुवेतको लागि महत्वपूर्ण योगदान रहेको चर्चा गरेकी थिइन ।

    IMG_0203.jpeg  

    कार्यक्रममा  कुवेत सरकारका उच्च पदस्थ अधिकारीहरु, कुवेतस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक  निकायका पदाधिकारीहरु, कुवेतका विभिन्न मिडियाका पत्रकारहरु, एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत, व्यवसायी तथा विभिन्न संघ सस्थाका सिमित प्रतिनिधिहरु , कुवेतमा रहेका नेपाली समुदायका केही व्यक्तिहरुको सहभागिता रहेको थियो । संविधान सभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको थियो ।

    IMG_0150.jpeg

    IMG_0221.jpeg

    IMG_0179.jpeg

    IMG_0187.jpeg

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology