Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल कुवेत सरोकार समाजको चौथौ अधिवेशन सम्पन्न, नेतृत्वमा सुर्य लामा

नेपाल कुवेत सरोकार समाजको चौथौ अधिवेशन सम्पन्न, नेतृत्वमा सुर्य लामा

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आश्विन ६, २०८० शनिवार • १२:४६:५३ बजे
  • 3.5K
    SHARES
  • नेपाल कुवेत सरोकार समाजको चौथौ अधिवेशन सम्पन्न, नेतृत्वमा सुर्य लामा

    कुवेत - नेपाल कुवेत सरोकार समाजको चौथो अधिवेशन सम्पन्न भएको छ । समाजको अध्यक्षमा सुर्य लामा सर्वसम्मत निर्वाचित भएका छन ।

    images

    कुवेतको जिलिबस्थित रिदम हलमा २२ सेप्टेम्बर शुक्रवार दिन सम्पन्न चौथो अधिवेशन बाट सुर्य लामा निर्बिरोध निर्वाचित भएका हुन । कुबेतमा स्थापित समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको नेपाल कुवेत सरोकार समाज कुवेतको चौथो अधिबेशन सफलता पुर्वक सम्पन्न भएको छ।

    IMG_0286.jpeg 

    समाजका अध्यक्ष प्रेम लामाको सभापतित्व, नेपाली दूतावास कुवेतका प्रथम सचिव प्रेमराज गौतमको प्रमुख आतिथ्यता, एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, समाजसेवी राजेन्द्र तामाङ लगायतको बिशेष आतिथ्यता एवं पत्रकारहरु, कुवेतमा कृयाशिल विभिन्न संघ संस्थाका प्रतिनिधि, कलाकार साथै कुबेतमा रहेका नेपालीहरु उपस्थिती रहेको थियो ।

    समाजका संरक्षक टिकाराम आचार्यले संचालन गरेको कार्यक्रममा राष्ट्रिय गान पश्चात् प्रमुख अतिथि, विशिष्ट अतिथि ले संयुक्तरुप पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थिए। समाजका संरक्षक धुर्ब कुमार संग्रौलाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा समाजले गरेका सामाजिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि नयाँ कार्यसमितीले यो सुनौलो ईतिहासलाई अझ सुन्दर बनाउनु भन्दै नयाँ कार्यसमिती बधाई तथा सफल कार्यकालको शुभकामना मन्तव्य राखेका थिए ।

    समाजले आफ्नो स्थापना कालदेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल रहेको महासचिव दामोदार बटालाले सस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । समाजको चौथो अधिवेशनबाट ६१ जनाको कार्यसमिती चयन गरेको छ । उपाध्यक्षमा उत्तम थापा, उपाध्यक्षहरुमा सुबास तमाङ, धर्म तामाङ, महिला उपाध्यक्षमा पिन्की मगर, महासचिवमा राजु धिमाल, सचिवमा राजु पुनमगर, सहसचिवमा अर्जुन कटुवाल, कोषाध्यक्षमा पेमालामा, सहकोषाध्यक्षमा  पदम मुक्तान, युवा संयाेजकमा  सोम तमाङ, सहसंयाेकमा प्रबिन तामाङ, प्रबक्तामा शन्त लम्साल चयन भएको छन । 

    अन्तमा सभापति लामाले कार्यक्रम सफल पार्नको लागि प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राख्दै कार्यक्रम समापनको घोषणा गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology