म्याग्दीको मंगला गाउँपालिका ३ बरंजाको घाम्ताङमा अविरल बर्षाका कारण पहिरो खस्दा एक घर पुरिएको छ ।
मंगलबार बेलुकी ९ बजेतिरको समयमा ।अविरल वर्षाको कारण घरमाथिबाट खसेको पहिरोले स्थानीय शेर बहादुर दर्जिको घरगोठ पूर्णरुपमा क्षति भएको छ । पहिरोले गोठमा रहेका पशुचौपाया समेत पुरिएका छन । गोठमा रहेका भैसि, गोरु, पाडो, बाख्रा लगायतका चौपाय मरेका छन ।
पहिरो खस्न थालेपछि दर्जि सहित परिवार घरबाट निस्किएर सुरक्षित ठाउँमा गएकाले मानवीय क्षतिभएको छैन । घर पहिरोले पुरिएपछि दर्जीको परिवारलाई तत्कालका लागि खाद्यान्न तथा लत्ताकपडाको व्यवस्था गरि भैरमथान स्थित आमा समुहको भवनमा अस्थायी बसोबासको व्यवस्था गरिएको मंगला गाउँपालिका ३ बरंजाका वडा अध्यक्ष याम रोकाले बताउनुभयो । घर पुरिदा दर्जिको ७ जनाको परिवारको विचल्ली भएको छ । आर्थिक अवस्था कमजोर भएको र खाद्यान्न तथा लत्ताकपडा सवै पुरिएकाले तत्कालै राहतका लागि अध्यक्ष रोकाले रु ३ हजार सहयोग प्रदान गरेको बताउनुभयो । त्यस्तै छिमेकीहरुलाई पनि लत्ताकपडा तथा खाद्यान्न सहयोग गर्न आव्हान गरेको अध्यक्ष रोकाले बताउनुभयो ।

त्यस स्थानमा थप जोखिम रहेकाले आसपासमा रहेका परिवारलाई पनि सुरक्षित स्थानमा बस्न भनिएको छ । गाउँपालिकाको विपत व्यवस्थापन कोषबाट राहत सहयोगका लागि गाउँपालिका अध्यक्ष सत प्रसाद रोकालाई घटनाको बारेमा जानकारी गराएको वडा अध्यक्ष रोकाको भनाई छ ।