बेनी : म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा ददिवल खड्का सर्वसम्मत निर्वाचित भएका छन ।
म्याग्दी बेनीमा मोनाको पाँचौं अन्तर्राष्ट्रिय महाधिवेशन शनिवार सम्पन्न भएको छ । पाँचौं अन्तर्राष्ट्रिय महाधिवेशनले खड्कालाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । जापानमा बस्दै आएका खडकाको पुख्र्यौली घर म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घार हो ।खड्का मोनाको २०२१-२०२३ कार्यकालको वरिष्ठ उपाध्यक्ष थिए ।

अधिबेशनबाट उपाध्यक्षमा सुर्जे भट्टचन, ईन्जिनियर नन्द्र गर्वुजा, हरि राम्जाली, दिपक कार्की , किसान जिसी र महिला उपाध्यक्षमा विष्णु बानियाँ चयन भएका छन । त्यसैगरि महासचिबमा सुनेश केसी, सचिबमा हिक्मत श्रेष्ठ, निलमकुमार थापा, महिला सचिबमा संगिता थापा, कोषाध्यक्षमा नरेन्द्र फगामी, सहकोषाध्यक्षमा प्रेम छन्त्याल रहेका छन । युवा संयोजकमा सचिन श्रेष्ठ, महिला संयोजकमा पूर्णिमा पाईजा, महिला उप–संयोजकमा नैना पुन तिलिजा र युरोप क्षेत्रीय संयोजकमा दिपु फगामीलाई चयन गरेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष खड्का सहितको नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक एवम् मोनाका संस्थापक अध्यक्ष प्रकाश पुनले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । मोनाको नेतृत्वका लागि उम्मेदवारी दर्ता गराएका सल्लाहकार मिम पुर्जाले अधिबेशनको बन्द सत्रमा अध्यक्ष पदमा खड्कालाई सघाउन तयार भएपछि निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन भएको घोषणा गरेको थियो ।