Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

खाडी मुलुक र मलेसिया जानको लागि नाम मात्रको फ्री भिसा र फ्री टिकट

खाडी मुलुक र मलेसिया जानको लागि नाम मात्रको फ्री भिसा र फ्री टिकट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०८० शनिवार • २३:२०:२२ बजे
  • 2.4K
    SHARES
  • खाडी मुलुक र मलेसिया जानको लागि नाम मात्रको फ्री भिसा र फ्री टिकट

    काठमाडौँ । सरकारले २०७२ सालमै खाडीका ६ वटा मुलुक र मलेसिया जाने कामदारका हकमा फ्री भिसा र फ्री टिकटको व्यवस्था लागु गरेको थियो । तर म्यानपावरवालाले बिदेसिन चाहनेबाट अथाह पैसा असुल्दै आएका छन् । त्यसकारण बिदेसिन लागेकाहरू म्यानपावर व्यवसायीलाई हाताहाती पैसा बुझाउनुपर्ने बाध्यताको सिकार बनेका छन् ।

    images

    विदेश पठाउने आश्वासनमा म्यानपावरले सुरुमै युवाहरूसँग ४०/५० हजार रकम लिएका रहेछन् तर बैंकमार्फत होइन । म्यानपावरवालाले बिदेसिनेसँग बैंकमार्फत नभई अनेक विश्वास दिलाउँदै हाताहाती पैसा उठाउने गरेका छन् । 'टिकट र भिसा आइसक्यो, पैसा दिन किन किचकिच गरेको ? हामीले कुनै पनि बैंक खाता खोलेका छैनौँ । पैसा लिने-दिने हातैमा हो । विदेश जान मन छैन भने भन, जाने भए छिटो पैसा देऊ,' सोही म्यानपावरका अर्का कर्मचारी युवाहरूलाई हप्काउँदै भनिरहेका थिए । 

    सरकारबाट स्वीकृति लिएर सञ्चालित म्यानपावर कम्पनीहरूको बैंक खाता हुँदैन भन्नु आश्चर्यको विषय हो । बिदेसिने तयारीमा रहेका र म्यानपावरमा भेटिएका एक युवा साथीमार्फत त्यहाँसम्म आइपुगेको बताउँदै थिए ।
'धेरै पैसा लाग्दैन । साउदी अरेबियामा राम्रो काम छ भन्दै म्यानपावर सञ्चालकले भनेको थियो । 

    विदेश जान भनी ५० हजार पहिल्यै बुझाएँ । भोलि विदेश जानु छ तर आजसम्म टिकट र भिसा हात परेको छैन । म्यानपावरले टिकट र भिसा देखाउँदै पैसा मागेको छ,' उनले भने, 'मुखमा हालेको पहिलो गाँस नै निल्नु कि ओकल्नु भयो ।' आजको नागरिक दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology