Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कुवेतबाट चितवनकी आशा परियार छोरीसहित नेपाल फर्कीन

कुवेतबाट चितवनकी आशा परियार छोरीसहित नेपाल फर्कीन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २९, २०८० बुधवार • १९:४८:१० बजे
  • 3.1K
    SHARES
  • कुवेतबाट चितवनकी आशा परियार छोरीसहित नेपाल फर्कीन

    कुवेत स्थित फर्वानिया अस्पतालमा उपचार गराईरहेकी चितवनकी आशा परियार छोरी सहित नेपाल फर्केकी छिन। मनमा अनेक सपना बोकेर धन्नै ५ बर्ष पहिला घरेलु महिला कामदारको रूपमा कुवेत आएकी आशा अन्त त व्हिल चियरमा नेपाल फर्किनु परेको छ। 

    images

    लगभग ३२ महिना अस्पतालमा उपचाररत पछिल्लो पटक अबैधानिक रुपमा रहेकी आशा अचानक बिमारी परेपछि बिगत लामो समय देखि फर्वानिया अस्पतालमा उनको उपचार चलिरहेको थियो। टाउकोमा गम्भीर समस्या देखिएपछि अप्रेसन समेत गरिएको अस्पतालले जनाएको छ। उपचार कै क्रममा छोरीको जन्म दिएकी आशा अझैसम्म बोल्न सक्दिनन।

    IMG_1180.jpeg

    २०२१ को अगस्टमा एनआरएनए कुवेतका प्रतिनिधिहरुले अस्पतालमा पहिलो पटक भेट गरेका थिए। तत पश्चात् नेपाली दूतावास कुवेतले उनको उद्वार गर्न निक्कै प्रयास गरेको थियो। नेपाली दूतावासको सक्रियता, एनआरएनए कुवेतको फ्लोअप र पछिल्लोपटक चितवन् सेवा समाजको पहलमा आमा छोरीकै उद्वार  गरिएको चितवन समाजका संरक्षक नबिन लोप्चनले जानकारी दिएका छ्न । नेपाली दूतावासका सिरज महम्मदले बिरामीको उद्वारका लागि सक्रियता पुर्वक समन्वय गरेका थिए ।

    उनलाई नेपालमा एक सामाजिक सस्था AMRIT SAR Organisation (Amritsar social Organisation) संरक्षणमा राखिने बताउदै बिरामी आशाका आमाछोरी सहित नेपाल पुर्याउन गएका राजु गोले तामाङले सामाजिक सस्थाको प्रतिनिधिहरुलाई उनीहरुको संरक्षणको लागि हस्तान्तरण गरिसकेको एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामाले जानकारी दिएका छ्न।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology