Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आर्थिक अभावका कारण बागलुङकी पुनिकला घर्तिको उपचारमा समस्या, सहयोगको अपिल

आर्थिक अभावका कारण बागलुङकी पुनिकला घर्तिको उपचारमा समस्या, सहयोगको अपिल

चन्द्र गाेतामे

चन्द्र गाेतामे

मंसिर १५, २०८० शुक्रवार • १७:५४:३६ बजे
  • 3.4K
    SHARES
  • आर्थिक अभावका कारण बागलुङकी पुनिकला घर्तिको उपचारमा समस्या, सहयोगको अपिल

     

    images

    बागलुङ निसीखोला गाउँपालिका वडा नं. २ की दुवै मृगौला पीडित पुनिकला घर्तिको आर्थिक अभावका कारण  उपचारमा समस्या परेको छ । विगत एक वर्षदेखी दुवै मृगौला फेल भएको बहिनीको यतिबेला उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगका लागि दाजु चिन घर्तिले अनुनयविनय गरेका छन ।

    निसीखोला गाउँपालिका निवासी दिल बहादुर घर्तिको २३ वर्षीय दुवै मृगौला पीडित छोरी पुनिकला घर्ति पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा लामोदेखी उपचाररत  छिन । परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र बुवाको समेत मृत्यु भएका कारण थप उचारका लागि समस्या परेको छ । 

    मृगौला प्रत्यारोपणका लागि ठुलो धनरासीको आवश्यक परेको र परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकाले उपचारमा समस्या परेको छ । मृगौला पीडित पुनिकला पृथ्वीनारायण क्याम्पस पोखरामा बिएड दोश्रो वर्षमा अध्ययनरत छिन । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई ‘पुनिकला घर्ति बचाउ अभियान’ मा सक्दो सहयोग गरि उनको जिवन रक्षाका लागि  कुवेतको नेपाली समाजको चिरपरिचित समाजसेवी राम बस्नेतले आर्थिक सहयोगका लागि अपिल गरेका छन । 

    साथै पुनिकला घर्तिलाई नयाँ जीवन दिन तलको विवरण अनुसार सहयोग गर्न सकिने बताइएको छ ।
    आर्थिक सहयोगका लागि सम्पर्कः
    China Gharti 
     Prabhu Bank 
    A/C : 1430141663700018
    Esewa: 9805248408
    QR Code :

    IMG_1353.jpeg

  • सम्बन्धित विषय:

  • # नेपाल
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology