Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा कार्यरत नेपाली श्रमिकको हक हितका लागि कुनै कसर बाँकी राख्दिन - राजदूत लम्साल

कुवेतमा कार्यरत नेपाली श्रमिकको हक हितका लागि कुनै कसर बाँकी राख्दिन - राजदूत लम्साल

चन्द्र गाेतामे

चन्द्र गाेतामे

मंसिर २१, २०८० बिहिवार • १७:५९:५६ बजे
  • 1.5K
    SHARES
  • कुवेतमा कार्यरत नेपाली श्रमिकको हक हितका लागि कुनै कसर बाँकी राख्दिन - राजदूत लम्साल

    कुवेतका लागि नव नियुक्त नेपाली राजदूत घनश्याम लम्साललाई नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले स्वागत गरेको छ ।

    images

    नेपाल सरकार बाट कुवेतका लागि नव नियुक्त राजदूत लम्साललाई नेपाली दूतावासको सभाहलमा बिहीबार स्वागत तथा कुवेतमा रहेको श्रमिक समस्या र समसामयिक विषयलाई ध्यानाकर्षण गराउदै ७ बुँदे ज्ञापनपत्र बुझाईएको हो । 

    IMG_1499.jpeg

    राजदूत लम्सालले ज्ञापनपत्र बुझ्दै नेपाल र नेपालीको हितमा काम गर्ने  प्रतिबद्धता व्यक्त गरेका छन । राजदूत लम्साले भने ‘दूतावास, पत्रकार , नेपाली संघ - संस्थाहरु र नेपाली समुदाय मिलेर नेपालको हितका लागि काम गर्नु पर्छ । मैले नेपाली श्रमिकको हक हितका लागि कुनै कसर बाँकी राख्दिन । नेपाली श्रमिकका  लागि दूतावासबाट  प्रदान गरिने सेवा सुबिधाहरुमा थप सहजीकरण गर्दै अगाडी बढाउने छु । नेपालमा उत्पादन हुने अलैचीलाई कुवेतको बजारसम्म भित्र्याउन भुमिका खेल्ने छु' । नेपाल कुवेत बीचको व्यापार व्यवसाय बढाउन तथा पर्यटन विकासका लागि जोड दिने बताएका छन ।

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखाद्वारा जारी ज्ञापनपत्र ।
    महामहिम राजदूत श्री घनश्याम लम्साल ज्यू
    नेपाली दूतावास, जाव्रीया कुवेत
    विषयः हार्दिक स्वागत तथा ज्ञापन पत्र सम्बन्धमा ।
    महोदय,
     प्रस्तुत विषयका सम्बन्धमा कुवेतकालागि नेपालका महामहिम राजदूत जस्तो गरिमामय ओहोदामा नियुक्त भई कुवेतमा कार्यरत नेपाली श्रमिकका हक हितका लागि कुवेत आउनु भएको महामहिम राजदूत श्री घनश्याम  लम्साल ज्यूलाई नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत हार्दिक स्वागत तथा कार्यसफलताको हार्दिक शुभकामना व्यक्त गर्दछ । कुवेतमा कार्यरत नेपाली श्रमिकको समस्या र हक हितका लागि कुनै पनि कसर बाँकी नराखी आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरि उत्कृष्ट कार्यसम्पादन गर्नु हुनेछ भन्नेमा नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत विश्वस्त छ । साथै महामहिम ज्यू समक्ष ७ बुदे ज्ञापनपत्र बुझाउदछौ ।
      
    १. वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा रहेर नेपाल सरकारको चौथौ अंग नेपाल पत्रकार महासंघको वैदेशिक शाखा स्थापना गरेर यस शाखामा आवद्ध भई कुवेतमा कार्यरत नेपाली श्रमिक लगायत विभिन्न देश तथा विदेशमा रहेका नेपालीहरुलाई परोपकारी पत्रकारिता मार्फत विभिन्न संचार तथा अनलाइन माध्यमबाट सुसूचित गर्दै आइरहेका छौ । कुवेतस्थित नेपाली दूतावास संग समाचारका लागि सूचनाहरु माग गर्ने क्रममा  यहाँका मिडियालाई उपेक्षा गरि सूचना दिन आनाकानी गर्ने र नेपालका मिडियालाई मात्र सूचना दिने गरिविधि बढिरहेकाले सूचना दिन र लिन कुनै ठाउ वा व्यक्ति विशेषले प्रभाव नपार्ने र सूचना लिन पाउनु नैसर्गिक अधिकार पनि हो ।तसर्थ नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत महामहिम ज्यूको गम्भीर ध्यानाकर्षण गराउँदछौ ।
     २. वैदेशिक रोजगारका लागि श्रम गरेर वैधानिकरुपमा र घरेलु कामदारका लागि अवैधानिक बाटो हुदै नेपाली श्रमिकहरु कुवेत आउने क्रम दिनानुदिन बढिरहेको छ ।  तसर्थ नेपाल र कुवेतबीच द्धिपक्षीय श्रम सम्झौता गरी नेपाली श्रमिकहरुको अधिकार रक्षा गर्न र घरेलु कामदारका लागि अवैधानिक बाटो हुदै आउने श्रमिकका लागि उपयुक्त विकल्प खोज्नका लागि ध्यानाकर्षण गराउँदछौ ।
    ३. पछिल्लो समयमा वैदेशिक रोजगारका लागि ७०/ ७५ कुवेती दिनार तलबमा कुवेत आएका नेपाली श्रमिकहरु अत्याधिक समस्यामा रहेकाले आफैंले काम दिन नसक्ने सप्लाई कम्पनीका मागपत्र स्वीकृत नगर्न , नेपाली श्रमिकका लागि उपलब्ध गराईएको कम्पनीको बासस्थान अनुगमन गर्न र कुवेत सरकार संग छलफल गरी नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न र सो कार्यान्वयनको लागि द्धिपक्षीय अनुगमन संयन्त्र विकाश गरी कम्पनीको अनुगमन गर्न ध्यानाकर्षण गराउँदछौ ।
    ४. नेपाल र कुवेतको श्रम कानुनमा टेकेर पीडित कामदारको न्यायिक उद्धारका लागि पाउनुपर्ने न्याय, सुविधा र क्षतिपूर्ति खोज्न दूतावासले सक्दो पहल गर्नुपर्ने साथै पहिलो करारभित्र अलपत्र पर्ने कामदारको सकुशल उद्धार गर्न नसक्ने म्यानपावर कम्पनीको धरौटीबाट कट्टा गरी विभाग र दूतावासले उद्धारमा आउने खर्च व्यहोरी उद्धार गर्नुपर्ने, श्रम स्वीकृति नविकरण गरी आएका पीडित कामदारहरूका हकमा दूतावासले कुटनैतिक पहल गरी यथासक्य रोजगारदाता कम्पनीबाटै नभए वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट सहयोग लिइ पीडितको उद्धार गर्नका लागि ध्यानाकर्षण गराउँदछौ ।
    ५. कुवेतमा रोजगादाता सप्लायर कम्पनी, कन्ट्रर्याक्टिङ कम्पनी तथा म्यानपावर व्यावसायीको गैर जिम्मेवारीका कारण धेरै नेपाली श्रमिकहरूले सम्झौता अनुरुपको सेवा सुविधा नपाएको अवस्था छ । दुई वर्षको सम्झौता गरेर आएका श्रमिकलाई एक वर्षको भिसा सकिए पश्चात् अर्को वर्षको भिसा लगाउन शुल्क माग्ने त्यस्ता कम्पनी र म्यानपावरहरूलाई पहिचान गरी भिषा स्विकृती नगर्न, नगराउनको लागि ध्यानाकर्षण गराउँदछौ ।
    ६. नेपाली दूतावासमा  सीमित स्रोतसाधन र कर्मचारी रहेको हुदा श्रमिकले समयमा सेवा सुविधा पाउन नसकेको धेरै गुनासो आएका छन । राहदानी नविकरण गर्न नेपाली श्रमिकले धेरै सास्ती भोग्नु परेको छ । अनलाइन अपोइन्टमेन्ट लिनका लागि अनलाइनमा डेट नपाउने र दूतावासमा विचौलियाको हालिमुहाली रहेको गुनासाहरु आएका हुदा नेपाली श्रमिकका लागि सहज र सरलरुपमा सेवा प्रवाहको व्यवस्थित गर्नका लागि ध्यानाकर्षण गराउँदछौ ।
    ७. नेपाल सरकारले घरेलु कामदार कुवेत आउन प्रतिबन्ध लगाए पनि अवैधानिक बाटो हुदै धेरै नेपाली श्रमिकहरु घरेलु कामका लागि कुवेत आई अलपत्र पर्ने, घर मालिक बाट पीडित भई भागेर वा सल्लाहमा आफुलाई काम लगाउने अफिसमा जादा अफिसबाट कुट्ने, पिट्ने गरी दुख दिने र घर फर्काउन समेत आलटाल गर्ने, दूतावाससम्म पुग्दा दूतावासले समेत चासो नदिने जस्ता गुनासा आएका हुदा यसरी अलपत्र र पीडित नेपाली श्रमिकको उद्धारका पहल गर्न ध्यानाकर्षण गराउँदछौ ।
     धन्यवाद ! 

     नबराज पन्थी
    अध्यक्ष 
     नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology