Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

६.२ डिग्रीमा झर्यो काठमाडौंको न्यूनतम तापक्रम

६.२ डिग्रीमा झर्यो काठमाडौंको न्यूनतम तापक्रम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०८० आइतवार • ०४:४२:४४ बजे
  • 571
    SHARES
  • ६.२ डिग्रीमा झर्यो काठमाडौंको न्यूनतम तापक्रम

    काठमाडौं उपत्यकामा यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ ।

    images

    आज बिहान पौने ६ बजेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस छ । वरिष्ठ मौसमविद शान्ति कँडेलले यो यस वर्षको अहिलेसम्म मापन भएको न्यूनतम तापक्रममध्येमा सबैभन्दा कम भएको बताइन् ।

    यसअघि काठमाडौं न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियससम्म पुगेको थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र बागमतीमा बदली हुनेछ ।

    यसैगरी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना पनि छ । पूर्वी तराईका जिल्लाहरुमा आज बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । यो क्रमिक रुपमा हट्दै जाने र दिउँसो घाम लाग्नेछ ।

    मौसमविद कँडेलका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । नयाँ प्रणाली आउने र देशभर प्रभाव पर्ने तत्काल सम्भावना छैन ।

  • सम्बन्धित विषय:

  • # न्यूनतम तापक्रम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology