Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा नेपाली चेलीको हत्या भनी सामाजिक संजालमा भाइरल भिडियोको अझैसम्म पुष्टि भएन

कुवेतमा नेपाली चेलीको हत्या भनी सामाजिक संजालमा भाइरल भिडियोको अझैसम्म पुष्टि भएन

चन्द्र गाेतामे

चन्द्र गाेतामे

मंसिर २६, २०८० मंगलवार • १७:०६:३७ बजे
  • 4.1K
    SHARES
  • कुवेतमा नेपाली चेलीको हत्या भनी सामाजिक संजालमा भाइरल भिडियोको अझैसम्म पुष्टि भएन

    कुवेत - कुवेतमा नेपाली महिलाको पटक पटक चक्कुले घाटी रेटी हत्या गरिएको भनि सामाजिक सजालमा भाइरल भएको भिडियोको अझैसम्म आधिकारिक पुष्टि भएको छैन । 

    images

    दुई दिनदेखि सामाजिक संजालमा भाइरल भिडियोले यति बेला कुवेतको नेपाली समाज तातेको छ । सामाजिक संजालमा लिभिङ टुगेदर बस्ने जोडी आपसी मनमुटाव पछि प्रेमीले प्रेमिकालाई पटक पटक चक्कुले रेटि हत्या गरिएको भन्दै क्यापसन राखि भिडियो सेयर गरिएको छ । 

    कुवेतको नेपाली समाजमा मात्र नभएर सर्बत्र चासोको बिषय बनेको उक्त भिडियोमा देखिएको दर्दनाक घटना कुवेत मै भएको र कहाली  लाग्दो दृश्यमा देखिएको महिला नेपाली चेली नै भएको भन्दै चर्चा भैइरहेको छ ।

    सामाजिक संजालमा सार्वजनिक भएको दर्दनाक भाइरल भिडियो क्लिप बारे नेपाली दूतावास कुवेतमा बुझ्दा यो समाचार तयार पार्दासम्म घटनाको आधिकारिक रूपमा पुष्टि भएको छैन । 

    नेपाली दूतावासले यस बिषयलाई गम्भीरता पुर्वक लिएको छ । तर घटनाबारे नेपाली नै हो भन्ने कुनै पनि प्रमाणित हुने सूचना पाउन नसकिएको नेपाली दूतावास कुवेतका प्रथम सचिव प्रेमराज गौतमले बनाउनु भएको छ ।

    पछिल्लो पटक रोजगारीको केन्द्र बिन्दु बनेको कुवेतमा नेपालीहरु आउने क्रम बढ्दो छ । केहि दिन पहिला समेत एक नेपाली चेलीको हत्या भएको भन्दै सामाजिक संजाल रङ्गिएको थियो । त्यसको पनि अहिलेसम्म दूतावासबाट आधिकारिक रूपमा पुष्टि भएको छैन ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology