Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

७०० ओटा साबुन प्रयोग गरेर २२० टनको भवनलाई ३० फिट पर सारिएपछि...

७०० ओटा साबुन प्रयोग गरेर २२० टनको भवनलाई ३० फिट पर सारिएपछि...

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २९, २०८० शुक्रवार • १४:५२:१४ बजे
  • 1.0K
    SHARES
  • ७०० ओटा साबुन प्रयोग गरेर २२० टनको भवनलाई ३० फिट पर सारिएपछि...

    क्यानडाको नोभा स्कटियाको हलिफ्याक्श शहरमा कुनै समय होटेलको रूपमा प्रयोग गरिएको एउटा भवनलाई सार्न अनौठौ तरिका प्रयोग गरिएको छ । तपाईले घरलाई भइरहेको ठाउँबाट अन्यत्र सार्न अनेकौँ प्रविधिबारे सुन्न भएको होला । यो प्रविधि तपाईँको कल्पनाभन्दा परको छ ।

    images

    अर्थात् त्यो भवनलाई सार्नका लागि साबुनको सयौँ टुक्रा प्रयोग गरिएको थियो । हलिफ्याक्समा रहेको एल्मवूड भवन सन् १८२६ मा बसोबासका लागि बनाइएको थियो । सन् १८९६ मा सो भवनलाई भिक्टोरियन एल्मवूड होटेलको रूपमा परिणत गरियो ।

    सन् २०१८ मा यसलाई ध्वस्त बनाउन लागिएको थियो । तर रियल ईस्टेट कम्पनी ग्यालेक्सी प्रोपर्टिजले भवन ध्वस्त पार्ने योजना रोकिदियो अनि त्यो भवनलाई किन्यो । कम्पनीले उक्त भवनलाई सडकको नजिकै सार्न खोजेको थियो । कम्पनीले बनाउन लागेको नयाँ अपार्टमेन्ट कम्प्लेक्ससँग यसलाई जोड्न सकियोस् भनेर नयाँ जगमा घरलाई राख्नु थियो । भवन २२० टनको थियो ।

    कम्पनीको फेसबुक पेजमा शेयर गरिएको एउटा टाइम ल्याप्स भिडियोमा कम्पनीका क्रु मेम्बरले सो भवनलाई नयाँ ठाउँमा सफलतापूर्वक सारेको देखाइएको छ । कम्पनीका मालिक शेल्डन रशटनका अनुसार भवनलाई स्टिलको फ्रेममा ल्याउन परम्परागत रोलको ठाउँमा ७०० ओटा आइभोरी साबुनको प्रयोग गरिएको थियो ।

    यो साबुन निकै नरम हुन्छ । यस कामका लागि साबुन बाहेक २ ओटा एक्स्काभेटर र ट्रकको प्रयोग गरिएको थियो । नयाँ जग तयार भएपछि भवनलाई फेरि सारिने बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology