कुवेतका राजा अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको निधन भएकाले नेपाली दूतावास कुवेत तीन दिन बन्द रहने भएको छ ।
कुवेतका राजा अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको दुःखद निधन प्रति नेपाली दूतावास कुवेतले समवेदना व्यक्त गरेको छ ।
नेपाली दूतावास कुवेत 17 डिसेम्बर 2023 देखि 19 डिसेम्बर 2023 सम्म बन्द रहने छ । दूतावासले 20 डिसेम्बर 2023 बुधवारदेखि आफ्नो गतिविधिहरु सुचारु गर्ने प्रथम सचिव प्रेमराज गौतमले जानकारी दिएका छन ।
राहदानी नविकरणका लागि डिसेम्बर 17, 18 र 19 तारिक फर्म भरेका सेवाग्राहीहरूलाई उक्त तीन दिन दूतावास बन्द रहने भएकोले दूतावासले अर्को सूचना प्रकाशित गरी राहदानी नवीकरणको व्यवस्था मिलाउने जनाएको छ ।
