Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेत गएको तीन महिनामै अस्ताए काभ्रेका कृष्ण तामाङ

कुवेत गएको तीन महिनामै अस्ताए काभ्रेका कृष्ण तामाङ

चन्द्र गाेतामे

चन्द्र गाेतामे

पौष ४, २०८० बुधवार • १९:०५:०१ बजे
  • 4.0K
    SHARES
  • कुवेत गएको तीन महिनामै अस्ताए काभ्रेका कृष्ण तामाङ

    कुवेत - वैदेशिक रोजगारीका लागि कुवेत गएका कृष्ण तामाङको निधन भएको छ । 

    images

    काभ्रेको पनौती नगरपालिका- २, गुर्दुमका कृष्ण तामाङको डिसेम्बर १७ तारिक राति सुतेकै अवस्थामा मृत्यु भएको हो । 

    तीन महिनाअघि कुवेत गएका तामाङको राति खाना खाएर सुतेका अवस्थामा भोलिपल्ट बिहान मृत भेटिएका थिए। कृष्ण तामाङको परिवारको आर्थिक अवस्था नाजुक छ। खर्च गरेर शव ल्याउन सक्ने अवस्था छैन ।

    डीएचआर नेपाल नामक म्यानपावर कम्पनीबाट कुवेत गएका तामाङले फर्स्ट ग्रुप जनरल ट्रेडिङ कन्स्ट्रक्टिङ कम्पनीमा काम गर्ने गरेको बताइएको छ । नेपाली दूतावास कुवेतका प्रथम सचिब  प्रेमराज गौतमका अनुसार कृष्ण तामाङको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आईसकेको छ । मृतकको शव नेपाल पठाउने प्रक्रियामा रहेको बताएका छन ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology