Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एनसीसी कुवेतको नेतृत्वमा भुकम्प पीडितका लागि गरिएको राहत संकलन अभियानको विवरण सार्वजनिक

एनसीसी कुवेतको नेतृत्वमा भुकम्प पीडितका लागि गरिएको राहत संकलन अभियानको विवरण सार्वजनिक

चन्द्र गाेतामे

चन्द्र गाेतामे

पौष २४, २०८० मंगलवार • १८:०३:३६ बजे
  • 1.4K
    SHARES
  • एनसीसी कुवेतको नेतृत्वमा भुकम्प पीडितका लागि गरिएको राहत संकलन अभियानको विवरण सार्वजनिक

     

    images

    कुवेत - गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको नेतृत्वमा भुकम्प पीडितका लागि विभिन्न संघ - सस्था, व्यवसायी र व्यक्तिबाट संकलन गरिएको राहत संकलन अभियानको आर्थिक विवरण सार्वजनिक गरिएको  छ ।

    जाजरकोटको रामेडाडा केन्द्रविन्दु बनाएर कार्तिक १७ गते शुक्रवारको मध्यराती गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति पुगेको अवस्थालाई मध्यनजर गर्दै एनसीसी कुवेतको नेतृत्वमा कुवेतको नेपाली समाजमा सकृय विभिन्न संघ - सस्था, व्यवसायी र व्यक्तिबाट राहत संकलन गरिएको थियो । एनसीसी कुवेतको टोलिले एनसीसी इराक  संग सहकार्य गरी क्षेती ग्रस्त स्थलमा पुगि राहत विरतण गरिएको हो । जाजरकोटको नलगाढ नगरपालिकाभित्र राहत वितरण गरिएको एनसीसी कुवेतले जानकारी दिएको छ ।

    कुवेतबाट विभिन्न संघ संस्थाहरुबाट २०५४ केडि अर्थात ८ लाख ८३ हजार नेपाली रुपैयाँ र एनसीसी कुवेतको तर्फबाट १ लाख ५१ हजार गरि जम्मा १० लाख ३३ हजार कुवेतबाट र एनसीसी इराकबाट  ४ लाख ५० हजार गरी जम्मा १४ लाख ८३ हजार  क्षेतिग्रस्त क्षेत्रमा पुगेर वितरण गरिएको हो । त्यहा सम्म पुग्नका लागि सवारी साधन खर्च एक लाख रुपैयाँ छुट्ट्याइएको र बाँकी १३ लाख ८३ हजार पीडितलाई वितरण गरिएको एनसीसी कुवेतले बताएको छ । 

    एनसीसी कुवेतका अध्यक्ष राना ध्वोज लामाले आर्थिक विवरण गत शनिवार  एनसीसी कुवेतको मासिक बैठकद्वारा अनुमोदन गरि सार्वजनिक गरिएको बताएका छन । कार्य समितिको पदाधिकारी घरबिदा गएर कुवेत आउन ढिला भएकाले आर्थिक विवरण सार्वजनिक गर्न ढिलाइ भएको बताए । 

    टोलिले मृतक परिवारलाइ प्रती घरधुरी २० हजार नगदको दरले ३८ घरलाइ जम्मा ७ लाख ६० हजार र धनको मात्र क्षेती भएका ६२ घरधुरिलाई प्रती घरधुरी १० हजार नगद सहित जम्मा ६ लाख २० हजार वितरण गरेको थियो । उक्त राहत वितरणमा छुटेका दुई घरलाइ प्रती घर धुरी ५/५ हजारका दरले १० हजार गरि कुल १३ लाख ९० हजार वितरण गरिएको छ । त्यस मध्य ७ हजार अपुग रकम एनसीसी कुवेतकै कोषबाट थप गरिएको छ ।

    उक्त अभियानमा निम्नलिखित संघ संस्थाहरु जोडिएका थिए।
    गैर आवासीय नेपाली संघ कुवेत 1,51,000 रुपैयाँ 
    बैदेशिक सरोकार समाज कुवेत- Kd 501
    नेपाल तामाङ घेदुङ कुवैत --      kd 101 
    सुदुर पस्चिमेली समाज ------      kd   51 
    चितवन सेवा समाज     -----       kd   51
    जन सम्पर्क समिती --------         kd   51 
    दर्सन ठकुरी समाज कुवैत -        kd   51
    सरोकार समाज कुवैत     --        kd   51
    निरेम ग्रुप -----                           kd   31
    नेपाल कुवैत सास्कृतिक मन्च   - kd 51
    ३ किराँती सस्था सम्युकतमा -- - kd 75
    युना लामा --------------------         kd 58
    लुम्बिनी समाज कुवैत -----          kd 51
    Dampa  ---------                      kd 51
    जनजाती माहासङ कुवैत -    -    kd 51 
    बिस्वकर्म यकता समाज --          kd 51 
    तमु समाज कुवैत -----                kd  61 
    प्रबासी नेपाली मन्च कुवैत -        kd  55
    सिन्दुपल्चोक सेवा समाज कुवैत  kd 31
    कल्याणकारी युबा समाज कुवैत - kd 51
    कोसेली ग्रुप ----                          kd  51
    धन्कुटा सेवा समाज -------         - kd  21
    नुवाकोट धादिङ रसुवा कुवैत --    kd 55 
    म्याग्दि प्रबासि नेपालि संघ (मोना) कुवेत kd 31
    जन जागृती युवा समाज कुवेत   kd 51+20 =71 (Total )
    प्रबासी नेपाली येकता मन्च कुवैत - kd 25
    विश्व इन्टरनेसनल फाइभ सेन्स फ्यामेली रेस्टुरेन्ट फाहाहिल kd  55 
    चौतारी रेस्टुरेन्ट ग्रुप ---        kd  31
    हिमालायन हाउस रेस्टुरेन्ट   kd  31
    माया थापा मगर                 kd  10
    झापाली समाज कुवैत -------kd   31
    Gurka kitchen Rastaunt -kd 51 
    Mount Everest Sporting Club Ktm Kwt - 51 KD
    Prasad Amaravati shop Maliya -kd 10
    नमस्ते सुन चादी पसल -- kd 31
     धनराज लामा तामाङ - Kd 25 

    Total -         kd 2054 
    NPR   ------  151000

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology