Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इराकमा नेपाली राहदानी नविकरण शिविर सञ्चालन हुने

इराकमा नेपाली राहदानी नविकरण शिविर सञ्चालन हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

माघ ११, २०८० बिहिवार • १२:२६:३८ बजे
  • 1.1K
    SHARES
  • इराकमा नेपाली राहदानी नविकरण शिविर सञ्चालन हुने

    कुवेत - नेपाली राजदूतावास कुवेतको आयोजनामा इराकमा राहदानी नविकरण  शिविर सञ्चालन हुने भएको छ । 

    images

    नेपाली दूतावास कुवेतले इराकमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गरि फेब्रुअरी २ देखि ७ तारिखसम्म इराकको सुलेमानिया सौलाखा अरबिल अन्कावामा राहदानी नवीकरण शिविर सञ्चालन गर्न लागेको हो । 

    राहदानी नविकरणको सेवा लिन चाहने नेपाली नागरिकहरुले आफ्नो सक्कल राहदानी, नागरिकताको प्रतिलिपि, राहदानीको प्रिइनरोलमेन्ट फर्म, राहदानी नवीकरणको लागि १६ के.डी. र राहदानी हराएको / बिग्रेको भएमा ३२ के.डी. राजश्व सहित उपस्थित हुनु पर्ने छ ।

    इराकमा रहेका नेपाली नागरिकहरु राहदानी नविकरणका लागि कुवेत आउन भिसा लगाउनु पर्ने हुदा आवतजावतमा समेत समस्या हुने र पहिला मेसिन रिडेबल राहदानी (एमआरपी) हुलाक मार्फत पठाउने गरिएको भएता पनि हाल विद्युतीय राहदानी हुलाक मार्फत पठाउन नमिल्ने भएकाले शिविरको आयोजना गर्न लागिएको प्रथम सचिब प्रेमराज गौतमले बताउनु भएको छ ।  

    इराकमा रहेका नेपाली नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै दूतावास कुवेतले पहिलो पटक राहदानी नविकरण शिविर संचालन गर्न लागेको हो । इराकमा हाल १५ हजारको हाराहारीमा नेपाली नागरिकहरु रहेको प्रथम सचिब गौतमले बताउनु भयो ।

    इराकमा रहेका नेपाली नागरिकहरुको समस्या कुवेतस्थित नेपाली दूतावासले हेर्दै आएको छ । नेपाली नागरिकहरूलाई इराक जान सरकारले प्रतिबन्ध लगाए पनि अवैध बाटो भएर इराक पुग्ने गरेका छन ।

    IMG_2175.jpeg

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology