Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा एक नेपाली सम्पर्कविहिन

कुवेतमा एक नेपाली सम्पर्कविहिन

चन्द्र गाेतामे

चन्द्र गाेतामे

माघ १३, २०८० शनिवार • १४:३१:२३ बजे
  • 2.4K
    SHARES
  • कुवेतमा एक नेपाली सम्पर्कविहिन

    कुवेत -  वैदेशिक रोजगारका लागि कुवेत आएका एक नेपाली सम्पर्कविहिन भएका छन । 

    images

    कुवेतस्थित रोमा इनटरनेशनल कम्पनीमा कार्यरत बाग्लुङ जिल्ला जैमिनि नगरपालिका १ का दिल्लिराज शर्मा गत जनवरी १६ तारिखदेखि सम्पर्कविहिन भएको शर्माका आफन्तले बताएका छ्न । कुवेतको हवेली एरियाबाट ११:३०  बजे सम्पर्कविहिन भएका उनी परिवार, संगीसाथी, आफन्तको सम्पर्कमा आएका छैनन। 

     उनले प्रयोग गर्ने मोबाईल अहिले स्विच रहेको छ भने म्यासेन्जर व्हाटसपमा गत जनवरी १६ पछि अनलाइन देखाएको छैन । उनका परिवार तनावमा रहेका छ्न । शर्माको श्रीमतीले  कुवेत स्थित नेपाली दूतावास, एनआरएनए, नेपाली संघ सस्था र पत्रकारहरुलाई  आफ्नो श्रीमानको खोजीको अनुरोध गरेकी छिन ।

    नेपाली दूतावास कुवेतका श्रम सहचारी गिरि प्रसाद आचार्यलाई शर्माको बारेमा जानकारी गराई सकिएको कृष्ण पौडेलले जानकारी दिएका छन । उनले सम्भव भएका ठाँउहरुमा आफु र साथीहरू ले खोजी रहेको बताए । शर्मा सम्पर्कविहिन भएको आज ११ दिन बितिसक्दा पनि कहि कतै बाट कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

    शर्मा कस्तो समस्यामा परेर सम्पर्कविहिन भए अन्योलता छाएको छ। कुवेतमा रहनु भएका नेपाली दाजुभाई दिदी बहिनीहरुले शर्मालाई  कहि कतै देखेमा वा केहि जानकारी भएमा नेपाली दूतावास कुवेत तथा तल उल्लेखित नम्बरमा सम्पर्क गरिदिनु हुन समेत आफन्त रघुनाथ अर्यालले आग्रह गरेका छन ।  
    सम्पर्कको लागि  कृष्ण पौडेल ६५५८९५२०, रघुनाथ अर्याल ६५१७३६६५

  • सम्बन्धित विषय:

  • # समाज
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology