Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

झापाली समाज कुवेतको पाचौं अधिवेशन आगामी ८ मार्चमा हुने

झापाली समाज कुवेतको पाचौं अधिवेशन आगामी ८ मार्चमा हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

माघ १६, २०८० मंगलवार • १९:०३:५८ बजे
  • 1.1K
    SHARES
  • झापाली समाज कुवेतको पाचौं अधिवेशन आगामी ८ मार्चमा हुने

    कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ०८ मार्च २०२४ शुक्रवारको दिन कवडमा पाचौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ ।

    images

     “हाम्रो एकता बिकासको लागि” भन्ने मुल नारा लिएर २०१३ मा स्थापित झापाली समाज कुवेतले समाजलाई निरंन्तता दिदै १२ जनवारी  २०२४ शुक्रबारको दिन कुवेतको फेन्तास स्थित पार्कमा समाजका अध्यक्ष गोबिन्द प्रसाद तिम्सिनाको अध्यक्षमा बसेको मासिक बैठकले उक्त दिन आफ्नो पाचौं महाअधिवेशन गर्ने भनी निर्णय गरिएको महासचिव प्रेम कार्कीले जानकारी दिए । 

    गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउँहरुमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आएको समाजले यहि आउदो  ०८ मार्च बाट नयाँ कार्यसमिति पाउने भएको छ । 
    उक्त महाअधिबेशनलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि  कुवेतमा कार्यरत झापाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थितिका लागि समाजले अनुरोध गरेको छ ।

     मिति : ०८ मार्च २०२४ शुक्रबार !
    समय : दिनको ठिक ०१ बजे ! 
    स्थान : कवड ! 

    सम्पर्क फोन न :- 
      अध्यक्ष - गोबिन्द प्रसाद तिम्सीना
    - 66036124,       
       महासचिव - प्रेम कार्की 
    - 66976730

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology