कुवेत - कुवेतमा सम्पर्कविहिन भएका दिल्लीराज शर्मा सकुशल सम्पर्कमा आएका छन ।
कुवेतस्थित रोमा इनटरनेशनल कम्पनीमा कार्यरत बाग्लुङ जिल्ला जैमिनि नगरपालिका १ का दिल्लिराज शर्मा गत जनवरी १६ तारिखदेखि सम्पर्कविहिन भएका थिए ।
शर्मा झन्डै १५ दिनपछि आज कुवेतको आदान एरियाबाट आफ्ना आफन्त सङ्ग फोन मार्फत सम्पर्कमा आएका हुन । शर्माले फोन सम्पर्क गर्ना साथ उनका आफन्तहरु उनलाई लिन आदान पुगेको खोजीमा सक्रिय पुर्वक लागेका रघुनाथ अर्यालले बताए । उनी सकुशल सम्पर्कमा आए संगै शर्माको श्रीमती, परिवार र आफन्तहरुले उनका खोजीका लागि पहल गर्ने चासो राख्ने नेपाली दूतावास लगायत सबैलाई धन्यवाद ब्यक्त गरेका छ्न ।
नेपाली दूतावास कुवेत प्रथम सचिव प्रेमराज गौतमले सम्पर्कविहिन भएका शर्मा सम्पर्कमा आएको जानकारी दिएका छन । उनको भिसा लगायत अन्य कागजात समस्या भएकाले प्रहरीको नियन्त्रणमा परेको बताए । कुवेतले अवैधानिक कामदारविरुद्ध धरपकड तीव्र पारेको छ । कुवेतमा कानुन उल्लंघन गरेको आरोपमा अवैधानिक कामदार लाई पक्राउ गरि डिपोर्ट गरिरहेको छ । कुवेतमा कार्यरत नेपाली श्रमिक पनि सतर्क रहन जरुरी छ ।
कुवेतमा एक नेपाली सम्पर्कविहिन