कुवेत - कुवेत आएको ३ महिना नहुदै धनुषाका ३२ वर्षीय राम सेबक दासले आत्महत्या गरेका छन ।
धनुषा जनक नन्दनी गाउँपालिका महुवा वार्ड न. ४ घर भई वैदेशिक रोजगारीको लागि २७ नोभेम्बर २०२३ मा कुवेत आएका राम सेबक दासले २७ जनवरी २०२४ मा कुवेतस्थित माबुलामा आत्महत्या गरेका हुन ।
कुवेतको अल निसेफ युनाईटेड कन्ट्र्याक्टिङ (Al Nesef United Contracting ) कम्पनीमा दास कार्यरत थिए । घरमा तीन छोराछोरी र श्रीमती रहेका दासको आत्महत्या बारे खुल्न सकेको छैन |
घटनाबारे नेपाली राजदूतावास कुवेतमा प्रारम्भिक जानकारी मिलेको र आवश्यक कानुनी प्रक्रिया पुरा गरि छिट्टै शव नेपाल पठाउने प्रथम सचिब प्रेमराज गौतमले जानकारी दिएका छन ।