Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यौन सुखलाई ईश्वरको उपहार भनेपछि...

यौन सुखलाई ईश्वरको उपहार भनेपछि...

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २०, २०८० शनिवार • ०५:१७:४८ बजे
  • 1.1K
    SHARES
  • यौन सुखलाई ईश्वरको उपहार भनेपछि...

    क्याथोलिक चर्चका वर्तमान प्रमुख, रोमका बिशप अनि भेटिकन सिटीका पोप फ्रान्सिसको ताजा अभिव्यक्ति अहिले निकै चर्चामा छ । पोप फ्रान्सिसले रक्सीलाई ‘ईश्वरको उपहार’ भनेका छन् ।

    images

    ८७ वर्षीय पोपले रक्सीलाई ईश्वरको तर्फबाट एक उपहार भएको अनि मान्छेले यसलाई खुसीको साँचो स्रोत मान्ने भएकोले भगवानले हामीलाई रक्सी उपहार दिएको उनको भनाई छ । उनले अझै अगाडि जिस्किएर भनेका थिए, ‘तपाईँहरूलाई मेरो कुरा सुन्दा नसामा लठ्ठ पोपले बोलेको जस्तो लाग्ला । तर इटलीका रक्सी निर्माताहरुले भेटिकनमा आफूसँगको एउटा निजी बैठकमा युरोपेली स्वास्थ्य चेतावनी विरुद्धको लडाइँमा मेरो बयानको तारिफ गरेका थिए ।’

    ‘रक्सी, जमिन, खेती किसानीसम्बन्धी सिप र उद्यमशीलता भगवानको उपहार हुन् । यी सबै हामीलाई सुम्पिनुको कारण संवेदनशीलता र इमानदारीको साथ हामी यी सबैलाई खुसीको वास्तविक स्रोत बनाउँछ भनेर हो’ पोपले भनेका छन् । उनले स्वास्थ्यमा असर नपर्ने गरी रक्सी सेवनको बानी विकास गर्न प्रेरित गरेका थिए ।

    यस अघि पोपले सन् २०१६ मा रक्सी वैवाहिक समारोहको महत्त्वपूर्ण हिस्सा भएको बताएका थिए । त्यतिबेला उनले बिहेको पार्टीमा रक्सी नहुँदा नवविवाहित जोडीलाई लाज लाग्ने अनि चिया पिउँदै बिहेको पार्टी सक्काउँदा कस्तो लाग्छ होला कल्पना गर्नुस् त पनि भनेका थिए । केही दिन अघि पोपले यौन सुखलाई पनि ईश्वरको उपहार बताएका थिए ।

    ‘यौन आनन्द लिनु र प्रेमको रक्षा गर्नु तपाईँहरूको कर्तव्य हो, किनकि यो बिना जीवन दुःखद र एक्लोपनाले भरपुर हुनेछ ।’ पोपले भेटिकन सिटीका जनताहरूलाई भनेका थिए । इसाई धर्ममा ‘सेक्सुअल इन्स्टिङ्क्ट’को निन्दा नगरिने पनि उनले भनेका थिए ।

  • सम्बन्धित विषय:

  • # ईश्वरको उपहार भनेपछि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology