Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अरबमा रक्सी बनाएर बेच्दा ४ सयभन्दा बढी नेपाली जेलमा

अरबमा रक्सी बनाएर बेच्दा ४ सयभन्दा बढी नेपाली जेलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०८० सोमवार • ०५:२९:०६ बजे
  • 4.3K
    SHARES
  • अरबमा रक्सी बनाएर बेच्दा ४ सयभन्दा बढी नेपाली जेलमा

    साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री वितरण गरेको आरोपमा सयौँको सङ्ख्यामा नेपाली श्रमिकहरू जेल परेका छन् ।

    images

    रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री वितरण गर्ने र सेवन गर्ने गरेका छन् । त्यस्तो कार्यमा संलग्नहरूलाई त्यहाँको प्रशासनले पक्राउ गर्ने गरेको छ ।

    साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो । झण्डै चार लाख नेपालीहरू त्यहाँ कार्यरत रहेको तथ्याङ्क छ । बढी आम्दानी हुने लोभमा नेपालीहरू मदिरा सेवन र बेचबिखनमा संलग्न हुँदा पक्राउ परेका र जेलमा पुगेका नेपाली राजदूतावासका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

    ती अधिकारीका अनुसार हाल ४०० भन्दा धेरै नेपालीहरू जेलमा पुगेका छन् । तर वास्तविक सङ्ख्या त्योभन्दा पनि धेरै हुनसक्ने आङ्कलन गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology