Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कफी वा चियाको सेवनले पनि बढ्न सक्छ ब्लड प्रेसर

कफी वा चियाको सेवनले पनि बढ्न सक्छ ब्लड प्रेसर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०८० सोमवार • ०५:३४:२१ बजे
  • 1.5K
    SHARES
  • कफी वा चियाको सेवनले पनि बढ्न सक्छ ब्लड प्रेसर

    ब्लड प्रेसर बढ्नु स्वास्थ्यका लागि कयौँ प्रकारले हानिकारक छ । यसका कारण मुटुसम्बन्धी रोगको खतरा बढ्न सक्छ । नुनको अत्यधिक सेवनका कारण ब्लड प्रेसर बढ्छ भन्ने विश्वास छ । तर ब्लड प्रेसरमा नुन मात्रै हानिकारक हो भनेर सोच्नु हुन्छ भने तपाई गलत सोचिरहनु भएको छ ।

    images

    अधिक मात्रामा क्याफिन (कफी वा चिया)को सेवन गर्दा पनि ब्लड प्रेसर बढ्न सक्छ । तपाईँले रक्सी धेरै नै पिउने गर्नु भएको छ भने यसका कारण पनि ब्लड प्रेसर बढ्न सक्छ ।

    उच्च रक्तचाप भएका बिरामीलाई डाक्टरहरुले पनि रक्सीको सेवन घटाउन भनिरहेका हुन्छन् । हाइपरटेन्सन नभएका व्यक्तिले रक्सीको सेवनलाई सीमित बनाउँदा उच्च रक्तचाप हुने जोखिम न्यूनीकरणमा मद्दत मिल्ने सन् २०१७ मा भएको एउटा अनुसन्धानले देखाएको थियो ।

    अत्यधिक मात्रामा चिल्लो र तारेको भुटेको खानेकुराको सेवन गर्नेहरुमा हाई ब्लड प्रेसरको समस्या बढी हुन्छ । नुन मात्रै होइन चाहिनेभन्दा बढी चिनीको सेवनले पनि मुटुसम्बन्धी रोगहरु निम्त्याउँछ नै ब्लड प्रेसर पनि बढाउन सक्छ ।

    ब्लड प्रेसरका रोगीले सके सम्म खान नहुने चिजमा प्रशोधित मासु पनि पर्छ । यस्ता मासुलाई प्रिजर्भ गरेर राख्न नुनको प्रयोग गरिएको हुन्छ । गालेको अचार, बट्टामा पाइने सुपहरु पनि सकेसम्म खानु हुन्न ।

  • सम्बन्धित विषय:

  • # कफी वा चियाको सेवन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology