Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इराकमा राहदानी सेवा शिविर सम्पन्न, ५ सय ४८ आवेदन संकलन

इराकमा राहदानी सेवा शिविर सम्पन्न, ५ सय ४८ आवेदन संकलन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०८० सोमवार • ०५:५९:१४ बजे
  • 913
    SHARES
  • इराकमा राहदानी सेवा शिविर सम्पन्न, ५ सय ४८ आवेदन संकलन

    कुवेत- नेपाली दूतावास कुवेतको आयोजनामा इराकको अर्विल र सुलेमानिया क्षेत्रमा राहदानी सेवा शिविर सम्पन्न भएको छ । 

    images

    इराकमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गरि फेब्रुअरी २ देखि ७ तारिखसम्म संचालन गरिएको शिविरमा ५ सय ४८ जना सेवाग्राहीको राहदानी नवीकरण आवेदन संकलन गरेको जनाएको छ । 

    इराकमा रहेर समस्यामा रहेका र नेपाल जान चाहने नेपाली नागरिकको लागि एकतर्फी यात्रा अनुमतीपत्र समेत निशुल्क रुपमा जारी गरिएको थियो । शिविर संचालनको लागि गैर आवासीय नेपाली संघ, इराकले समन्वय गरेको थियो । नेपाली राजदूतावास कुवेतका प्रथम सचिव सुजन विडारी र तृतीय सचिव रेवन्त बहादुर के.सी.को सहभागीता रहेको थियो । इराकमा रहेका नेपाली सेवाग्राहीको राहदानी नवीकरणको सहजताको लागि विनोद श्रेष्ठले समन्वय गरेको दूतावासले जनाएको छ ।

    इराकमा रहेका नेपाली नागरिकहरुको समस्या कुवेतस्थित नेपाली दूतावासले हेर्दै आएको छ । 
    नेपाली नागरिकहरूलाई इराक जान सरकारले प्रतिबन्ध लगाए पनि अवैध बाटो भएर इराक पुग्ने गरेका छन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology