कुवेतमा गत सोमवारदेखि सम्पर्कविहिन किशुम महर्जन कुवेतको स्थानीय जेलमा रहेको जानकारी प्राप्त भएको छ ।
उनी कार्यरत कम्पनी श्रोतका अनुसार छुट्टीको दिन अवैधानिक कार्यमा सङ्लग्न भएकोले स्थानीय प्रहरीले पक्राउ गरि नेपाल पठाउने तयारी गरेको बुझिएको छ ।
कुवेतमा नेपालीको सङ्ख्या बढे सगै कुवेतको कानूनद्वारा वर्जित कार्यमा सङ्लग्न भएका कारण डिपोर्ट हुनेको सङ्ख्या बढ्दो छ । कुवेतले अवैधानिक कामदारविरुद्ध धरपकड तीव्र पारेको छ ।