Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा “हात्तीछाप” सिनेमा फेब्रुअरी १५ बाट पहिलो दिन पांच शो बाकी दिनमा तीन शो

कुवेतमा “हात्तीछाप” सिनेमा फेब्रुअरी १५ बाट पहिलो दिन पांच शो बाकी दिनमा तीन शो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०८० मंगलवार • १३:१५:५२ बजे
  • 1.1K
    SHARES
  • कुवेतमा “हात्तीछाप” सिनेमा फेब्रुअरी १५ बाट पहिलो दिन पांच शो बाकी दिनमा तीन शो

    कुवेत – नेपाली कथानक चलचित्र “हात्तीछाप” आउँदो १५ फेब्रुअरी, बिहीबारदेखी कुवेतमा प्रदर्शन हुने भएको छ।

    images

    खेतानमा रहेको ओजोन सिनेमा (O Zone Cinema) हलमा चलचित्र प्रदर्शन हुने कुवेतका लागि चलचित्र वितरक निरेम प्रोडक्सनले जनाएको छ। सिनेमा बिहीवारदेखि ११ः१५ ,२ः०० , ४ः४५ , ७ः३० र १०ः१० गरि पांचवटा शो प्रदर्शन हुने छ भने शुक्रवारदेखि बुधवारसम्म ४ः४५ , ७ः३० र १०ः०० बजे गरि निरन्तर तीन शो रहने छ । 

    कुवेतका  साथै मध्यपूर्वका अन्य देश कतार, बहराइन, युएई र मलेसियामा पनि १५ फेब्रुअरीमा चलचित्र प्रदर्शन हुदैछ । 
    किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ।

    प्रदीप भारद्वाजको लेखन तथा सुशन प्रजापतिको छायाङ्कन रहेको फिल्मले सुस्ताएको बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । “हात्तीछाप” चलचित्रको मध्यपूर्व वितरकमा कन्सेप्ट भिजन र सुप्रिमी फिल्मस रहेको छ।यसअघि निरेम प्रोडक्सनले कुवेतमा “पशुपति प्रसाद-२” र “दिमाग खराब” बक्स अफिसमा प्रर्दशन गरेको थियो।

  • सम्बन्धित विषय:

  • # बाकी दिनमा तीन शो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology