कुवेत - नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतको आठौ वार्षिकोत्सव तथा चौथो अधिवेशन सम्पन्न भएको छ । कुवेतको फर्वानियास्थित नौशाद रेस्टुरेन्टमा २३ फेब्रुअरीका दिन सम्पन्न अधिवेशन समारोहले गोपाल गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
त्यसैगरी प्रथम उपाध्यक्षमा हरी थापा,द्वितीय उपाध्यक्षमा सानु तामाङ, महासचिवमा महेन्द्र राई, सचिवमा लेख बहादुर राना,
सहसचिवमा बाल कृष्ण राना, कोषाध्यक्षमा अकिबर मोक्तान, सह-कोषाध्यक्षमा टंक आले मगर, प्रवक्तामा रेशम लामा चयन भएका छन । प्रमुख संरक्षकमा सुनबहादुर तामाङ, संरक्षकमा चन्द्र पाख्रिन र प्रमुख सल्लाहकारमा मनिष केसी चयन भएका छन ।
चन्द्र तामाङको सभापतित्व तथा रोशन राईको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास कुवेतका प्रथम सचिव प्रेमराज गौतमको प्रमुख आतिथ्यता रहेको थियो भने NRNA आइसीसी सदस्य हरि लावती, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको सचिव हरि बानियाँ, नेपाल आदिवासी जनजाती महासंघ कुवेतका वरिष्ठ उपाध्यक्ष वल वहादुर काम्वाङ, मगर संघ कुवेत कार्यबाहक अध्यक्ष जय आले मगर, ICC ( INTEGRATED COMMUNITY CENTER ) MEMBER , SKW ,SK, SSK , WADWA , EDWA, कुवेतमा कृयाशिल विभिन्न संघ – संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, व्यवसायी लगायतको आतिथ्यता रहेका थियो ।
कुवेतमा २०१६ मा “नेपालीहरूको सेवामा समर्पित” भन्ने मूल नाराका साथ नेपालको विभिन्न ठाउँबाट कुवेतमा आई ट्याक्सी व्यवसाय सञ्चालन गरेर बसेका नेपालीहरुलाई एकिकृत गर्दै नेपालीहरुलाइ सुलभ सेवा दिने उदेश्यले कुवेतमा दर्जनौँ संस्थाहरु माझ नेपाली प्रवासी ट्याक्सी व्यवसायी सङ्घ कुवेत गठन भएको हो ।
कार्यक्रममा उपस्थित अतिथिले लगाय्तले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा सागीतिक प्रस्तुति तथा दिवा भोजको व्यवस्था समेत गरिएको थियो । भने पत्रकार आनन्द आचार्यले नयाँ कार्यसमितिको नाम घोषणा गरेका थिए ।