Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आणविक हातहतियारको कालो छाया रहेसम्म विश्व सुरक्षित स्थान बन्न नसक्ने

आणविक हातहतियारको कालो छाया रहेसम्म विश्व सुरक्षित स्थान बन्न नसक्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १७, २०७७ शनिवार • १६:००:२५ बजे
  • 2.0K
    SHARES
  • आणविक हातहतियारको कालो छाया रहेसम्म विश्व सुरक्षित स्थान बन्न नसक्ने

    नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो विकास योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभाका सिलसिलामा आणविक शस्त्रास्त्रको पूर्ण उन्मूलनसम्बन्धी अन्तरराष्ट्रिय दिवसका अवसरमा आज न्यूयोर्कमा भएको उच्चस्तरीय बैठकमा नेपालले आणविक हातहतियारको कालो छाया रहेसम्म विश्व सुरक्षित स्थान बन्न नसक्ने यथार्थ प्रस्तुत गरेको हो ।

    images

    पूर्वअभिलखित ‘भिडियो’ सम्बोधनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अहिलेको महामारीले निम्त्याएको विनाश र आणविक दुर्घटनाजस्तै भए पनि पारमाणविक दुर्घटनाले एक झपटमै हजारौँ जीवन ध्वस्त पार्ने सन्दर्भ सुनाउँदै कोभिड–१९ विरुद्धको औषधिले मानव जीवन जोगाए पनि आणविक अस्त्रले अमूल्य जीवन बचाउन नसक्ने तर्क गर्नुभयो ।

    अणविक हातहतियारको पूर्ण उन्मूलन तथा आमविनाशकारी सबै हतियारको पूर्ण निःशस्त्रीकरणका पक्षमा नेपाल रहेको दोर्होयाउदै मन्त्री ज्ञवालीले ऊर्जा उत्पादन, स्वास्थ्य सेवा प्रवद्र्धन, कृषि उत्पादकत्व वृद्धि र मानव जीवनरक्षालगायत शान्तिपूर्ण प्रयोजनका निम्ति आणविक प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # आणविक हतियार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology