Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु

कुवेतमा सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु

चन्द्र गाेतामे

चन्द्र गाेतामे

फाल्गुण ३०, २०८० बुधवार • १४:१३:३७ बजे
  • 7.1K
    SHARES
  • कुवेतमा सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु

    कुवेतमा सडक दुर्घटनामा परी तीन जना नेपाली नागरिकको मृत्यु भएको छ । हिजो मार्च १२ का  दिन बिहान ५ बजे तिर महाबुल्ला एरियाको सिसाईड रोडमा उक्त घटना  भएको थियो । मूत्यु हुनेमा सानो भर्याङ्ग, नागार्जून -२ काठमाण्डौंका सुजन कार्की , लयती पन्चदेवल विनायक -५ आछामका सुरत बहादुर कडायत र वेंगादवार -३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन । 

    images

    मृतकहरु कुवेतको पापाजोन कम्पनिमा कार्यरत थिए । हवालिमा बस्दै आएका सुजन र धिरज सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएको र हिजो बिहान डिउटीको लागि रुम फर्कने क्रममा बस चढाउन आएका सुरत सहित तीनै जनालाई स्थानीय नागरिकको गाडिले ठक्कर दिदा घटना स्थलमै निधन भएको हो ।


    गाडी चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ भने मृतकहरुको शवलाई पोष्टमार्टमकोलागि फरवानिया हस्पिटल राखिएको छ  । नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सुचना अधिकारी प्रेमराज गौतमका अनुसार  ‘घटनाको सुचना पाए लगतै आवश्यक प्रकृया अगाडी बढाई  परिवार तथा कम्पनी संग सम्पर्कमा रहेको र शवहरु नेपाल पठाउने तथा इन्सुरेन्सको लागी पहल गर्ने जनाएका छन ।  

    कुवेतमा यात्रा गर्दा पूर्ण ट्राफिक नियमको पालन गर्नुहुन सबैमा अनुरोध गर्दछौ ।

    चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology