Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

धुम्रपान नगर्न भनेपछि महिलाले टोकिन् वन कर्मचारीको कान

धुम्रपान नगर्न भनेपछि महिलाले टोकिन् वन कर्मचारीको कान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १०, २०८० शनिवार • ०४:२८:२० बजे
  • 742
    SHARES
  • धुम्रपान नगर्न भनेपछि महिलाले टोकिन् वन कर्मचारीको कान

    एजेन्सी/ छिमेकी मुलुक भारतमा हालै एउटा अनौठो घटना भएको छ । उत्तर प्रदेशस्थित कुक्राइल जंगल क्षेत्रमा एक दम्पत्तिलाई धुम्रपान गर्नबाट रोक्न खोज्नु वन कर्मचारीका लागि निकै महंगो सावित भएको छ ।

    images

    ती वन कर्मचारीले वनक्षेत्रमा चुरोट सेवन नगर्न भनेपछि रिसले आक्रोसित एक महिलाले वन उनको कानमा टोकेर सख्त घाइते बनाइदिइन् । गत शनिबार दिउसो सो घटना भएकोमा आइतबार मात्रै स्थानीय पुलिस चौकीमा त्यसको उजुरी परेको बताइएको छ । वन हेरालुको रुपमा करार सेवामा रहेका विकास नामका ती २२ वर्षीय कर्मचारीले उजुरीमा भनेका छन्, ‘त्यो जोडी पार्किङ गरिरहेको आफ्नो स्कुटरमा बसिरहेको थियो र चुरोट तानिरहेको थियो ।

    यसो गर्दा वनमा डढेलो लाग्ने जोखिम हुन्छ भनेर मैले वनक्षेत्रभित्र त्यसरी चुरोट नतान्न सुझाव दिएँ। तर उनीहरु आक्रोसित भए र अवस्था छिट्टै नै हिंसात्मक बन्यो ।’ उनले भनेका छन्, ‘वादविवादकै क्रममा महिलाले ममाथि आक्रमण गरिन् र मेरो एउटा कानमा जोडसँग टोकिदिइन् ।

    म त्यहाँ एक्लो तथा घाइते अवस्थामा थिएँ र सहयोगका लागि गुहार मागेँ । तर आसपासमा कोही पनि थिएन । रगताम्मे अवस्थामा म रोइकराइ गर्न थालेपछि आक्रमणकारी जोडी त्यहाँबाट स्कुटर लिएर भाग्यो ।’ वन डढेलो सम्बन्धी दोश्रो चरणको अनुसन्धानका क्रममा आफू उक्त वनक्षेत्रमा गएको बेला त्यसरी आफुमाथि आक्रमण भएको उनले बताएका छन् ।

    टोकाइबाट उनको दायाँ कानमा गहिरो घाउ बनेको छ। प्रहरीले अभियुक्तहरुको खोजीकार्य जारी राखेको छ भने आक्रमणमा परेका वन कर्मचारीको उपचार भइरहेको छ। 

  • सम्बन्धित विषय:

  • # वन कर्मचारीको कान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology