कुवेत - वैदेशिक रोजगारीको लागि कुवेत पुगेका धनकाजी गुरुङ सम्पर्कविहिन भएका छन ।
गोर्खाका धनकाजी गत मार्च ८ शुक्रवारका दिनदेखी सम्पर्कविहिन भएका हुन । कुवेतस्थित महाबुल्ला बस्दै आएका धनकाजी सम्पर्कमा नआएको पारिवारिक श्रोतले जनाएको छ ।
उनी अल्घानिम इन्टरनेशनल कम्पनीमा कार्यरत थिए । एनआएएनए एनसिसि कुवेतका उपाध्यक्ष निरज सिंह ठकुरीलाई परिवारले सम्पर्क गर्दै खोजिकार्यको लागि पहल गरिदिनुहुन दूतावास , एनआएएनए , पत्रकार महासंघ कुवेत लगायत सम्पूर्णमा अपिल गरेका छन ।