Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँ सेवा समाज कुवेतको तेश्रो अधिवेशन आगामी १२ जुलाईमा हुने

तनहुँ सेवा समाज कुवेतको तेश्रो अधिवेशन आगामी १२ जुलाईमा हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

चैत्र ३०, २०८० शुक्रवार • १४:४९:४८ बजे
  • 5.4K
    SHARES
  • तनहुँ सेवा समाज कुवेतको तेश्रो अधिवेशन आगामी १२ जुलाईमा हुने

    कुवेत - तनहुँ सेवा समाज कुवेतको तेश्रो अधिवेशन आगामी १२ जुलाईमा हुने भएको छ । 

    images

    कुवेतमा सन् २००९ मा स्थापना भएको समाजले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसर पारेर साहित्य सम्बन्धि लेख, रचना र रामायण वाचन सहित तेश्रो अधिवेशन १२ जुलाई २०२४ शुक्रवारको दिन गरिने नेपाली जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र रसाईली बिरहीले जानकारी दिएका छन ।

    IMG_2872.jpeg

    कुवेतस्थित फर्वानिया पार्कमा सोम खत्रीको संयोजकत्वमा बसेको तदर्थ समितिको बैठकले सो निर्णय गरेको हो । समाजले सोम बहादुर खत्रीलाई  अधिवेशन संयोजक तोक्दै तदर्थ समिति गठन गरी अधिवेशन समारोहको तयारी थालेको छ । समाजले कार्यक्रम स्थल भने केही समय पश्चात् तय गरि जानकारी दिने जनाएको छ ।

    IMG_2871.jpeg

    उक्त दिन कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी एवं बुद्धिजिवि र तनहुँबाट कुवेतमा आई कार्यरत रहेका तनहुँवासी साथै नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई कार्यक्रममा उपस्थित भई शोभा बढाईदिनको निम्ति समेत संयोजक सोम खत्रीले अनुरोध गरेका छन । साथै उक्त दिन कुवेतमा रहेका नेपाली संघ सस्थाले कुनै पनि कार्यक्रम नजुधाईदिन पनि आग्रह गरेका छन ।

    कार्यक्रम हुने मिति , समय र स्थान निम्न रहेको छ  ।
    मिति - १२ जुलाई २०२४, शुक्रवार 
    समय  - तय नभएको 
    स्थान- तय नभएको ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology