Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इरानलाई जवाफ दिन इजरायली सरकारमा एकमत

इरानलाई जवाफ दिन इजरायली सरकारमा एकमत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३, २०८१ सोमवार • ०४:२२:०३ बजे
  • 1.0K
    SHARES
  • इरानलाई जवाफ दिन इजरायली सरकारमा एकमत

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुद पार्टीका सांसद हनोच मिल्विदस्कीले इरानको आक्रमणको जवाफ दिन इजरायली सरकारमा एकमत रहेको बताएका छन् । ‘हामीलाई थाहा थियो, यो हुन गइरहेको छ ।

    images

    त्यहाँ डर थियो तर हामीले यसलाई जुन तरिकाबाट रोक्यौँ हामी खुसी छौँ,’ उनले बीबीसीको न्युज आवर कार्यक्रममा भने। उनले भने, ‘मलाई लाग्दैन यो सरकारमा प्रतिक्रिया नदेखाउन सल्लाह दिने कोही छ ।’

    इजरायलको युद्ध मन्त्रिपरिषद्मा पनि त्यस्तो सर्वसम्मति छ कि छैन भनेर सोध्दा उनले भने, ‘बिलकुलै छ।’ यो युद्ध मन्त्रिपरिषद् इजरायल र हमासबिच गाजामा कारबाहीको समयमा गठन भएको थियो। उनले भने, ‘मलाई लाग्दैन सही दिमागमा भएकाहरूले हामीमाथि सयौँ मिसाइलहरू प्रहार गरियो र हामीले जवाफ दिँदैनौँ भनेर सोच्छन् ।’

    सांसद मिल्विदस्कीले यो इजरायलको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण समय भएको जिकिर गरे ।

  • सम्बन्धित विषय:

  • # इरानलाई जवाफ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology