Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यूएईको बाढीमा एक नेपालीको मृत्यु

यूएईको बाढीमा एक नेपालीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ६, २०८१ बिहिवार • १२:४५:२६ बजे
  • 1.2K
    SHARES
  • यूएईको बाढीमा एक नेपालीको मृत्यु

    युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ ।

    images

    आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ ।

    उनी सोही स्थानमा रहेको वेल क्याफे रेस्टुरेन्टमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासले जनाएको छ । यूएईमा दुई दिनदेखी परेको वर्षाका कारण बाढी आइरहेको छ ।

    बाढीका कारण यूएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जानकारी दिएको छ । सरकारी कार्यलय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासले जनाएको छ । पुन भिजिट भिसामा यूएई पुगेको दूतावासले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एक नेपालीको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology