कुवेत - वैदेशिक रोजगारको लागि घरेलु कामदारको रुपमा कुवेत आएकी चितवनकी दिल कूमारी मोक्तान घिसिङले आत्महत्या गरेकी छिन ।
कुवेतको जहारास्थित स्पोन्सरको घरमा १६ अप्रिलका दिन कपडाको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको जानकारी नेपाली दूतावासमा प्राप्त भएको दूतावास श्रोतले जनाएको छ ।
वैदेशिक रोजगारको लागि अवैधानिक बाटो हुदै घरेलु कामदारको रुपमा १८ महिना पहिले कुवेत आएकी हुन । मृतकको पार्थिव शरीरलाई पोस्टमार्टमको लागि अस्पताल लगिएको छ भने घटना वारे स्थानीय प्रहरीले अनुसन्धान जारी राखेको छ ।