Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतद्वारा नयाँ सदस्यलाई स्वागत

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतद्वारा नयाँ सदस्यलाई स्वागत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १५, २०८१ शनिवार • १०:१६:४७ बजे
  • 1.6K
    SHARES
  • नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतद्वारा नयाँ सदस्यलाई स्वागत

    कुवेत - नेपाल पत्रकार महासंघ  वैदेशिक शाखा कुवेतले शाखामा आवद्ध भएका चार जना नयाँ साधारण सदस्यलाई स्वागत गरेको छ । 

    images

    कुवेतको फर्वानियास्थित एभरेष्ट नेपाली रेस्टुरेन्टमा २६ अप्रिल शुक्रवारको दिन शाखा अध्यक्ष एकराज मल्लको अध्यक्षतामा सम्पन्न भएको दोश्रो बैठक तथा स्वागत कार्यक्रममा  संरक्षक नबराज पन्थी, सल्लाहकार द्वय आनन्द आचार्य र लोमश बास्तोलाले नयाँ सदस्यहरु मित्रभक्त आचार्य, शुरेन्द्र कुमार पथक, सुरेश लामा र विपिन अर्याललाई खादा लगाएर स्वागत गरेका थिए ।

    fn2.jpeg

    कुवेतमा संचालित नेपाली मिडिया तीतोपाटी डटकममा आबद्ध भएर मित्रभक्त आचार्यले कलम चलाउदै आएका छन भने शुरेन्द्र कुमार पथक, सुरेश लामा र विपिन आर्याल निरेम अपडेटमा आबद्ध भई कलम चलाउदै आएका छन । वैदेशिक शाखा कुवेतमा नयाँ चार जना सदस्य आबद्ध भए संगै सदस्य संङ्ख्या २३ पुगेको छ । प्रवासमा रहेर हरेक चुनौतीलाई सामाना गर्दै अग्रज पत्रकारहरु बाट ज्ञान लिएर नेपाली श्रमिकको लागि कलम चलाउने नयाँ सदस्यहरुले अभिव्यक्ति दिएका थिए ।

    प्रवासमा पत्रकारिताको चुनौती र अभावको जिम्मेवारीपूर्वक काम गर्नुपर्ने भएकोले सफल मानिएका पत्रकारका कलम पनि बिस्तारै रोकिएका छन । पत्रकारितामा निरन्तर लागिरहनेहरू पनि चुनौती नै चुनौतीका बीचमा कलम चलाई रहेका छन् । नेपाली श्रमिकका पीडा, खुसी र समस्या नजिक भएर बुझ्न सकिने पेशा हो तर प्रवासमा हरेक श्रमिकका पीडा पत्रकारिताको माध्यमबाट  बाहिर ल्याउन निकै चुनौती समेत हुने गर्दछ । तर पनि पत्रकारिताको माध्यम बाट कतिपय समस्याहरु चुनौतीका बाबजुद पनि उठान गर्दै त्यस्ता विषयहरूको सम्बन्धमा पनि दबाब दिदै आएको छ ।

  • सम्बन्धित विषय:

  • # नयाँ सदस्यलाई स्वागत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology