Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जन-जागृति युवा समाज कुवेतद्वारा पत्रकार नबराज पन्थी सम्मानित

जन-जागृति युवा समाज कुवेतद्वारा पत्रकार नबराज पन्थी सम्मानित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १५, २०८१ शनिवार • ११:२२:०९ बजे
  • 1.1K
    SHARES
  • जन-जागृति युवा समाज कुवेतद्वारा पत्रकार नबराज पन्थी सम्मानित

    कुवेत  - नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका पूर्व अध्यक्ष नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेतस्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार पन्थीलाइ सम्मान गरेको हो । 

    images

    कुवेतको पहिलो सामाजिक संस्था जन-जागृति युवा समाजले संस्थाको सातौ अधिवेशन तथा चौधौ वार्षिक उत्सवको अवसर पारेर पत्रकार पन्थीलाइ सम्मान गरेको हो । कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिजो मिति २६ अप्रिल २०२४ का दिन नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत घनश्याम लम्सालको हातबाट सम्मान प्रदान गरेको हो ।

    सम्मानित भएपछि बोल्दै पत्रकार पन्थीले विगत १५ वर्षदेखि आफुले सामुदायिक र परोपकारी पत्रकारिता गर्दै विभिन्न संघ संस्थाको नेतृत्व गरेर केही महिना अगाडि मात्रै महासंघको नेतृत्व समेत नयाँ नेतृत्वलाइ जिम्मा लगाइ स्वतन्त्र भएर बसेकोमा जन-जागृतिले यो सम्मान दिएर लेखन कार्यलाइ अझ सकृय रूपमा अगाडि बढाउन हौसला प्रदान गरेको बताउँदै विगतका क्षणहरूमा प्रवासबाट पत्रकारिता क्षेत्रमा सामना गर्नुपरेका चुनौतीहरुको समेत स्मरण गराएका थिए ।

    नेपाल पत्रकार महासंघ कुवेत शाखाका संरक्षक तथा पुर्व अध्यक्ष पत्रकार पन्थी तीतोपाटी मिडिया (कोसेली समुह)का पूर्व अध्यक्ष समेत हुन । नेपालमा रहँदा देखि नै रेडियो तथा पत्रिकामा काम गर्दै वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा आएदेखि कुवेतबाट नेपालका विभिन्न मिडियालाइ समाचार प्रेषण गर्ने पत्रकार हुन । पत्रकार पन्थीले कुवेतमा रहेका नेपाली श्रमिकका समस्याहरूका बारेमा सामाग्री पस्कने गर्दछन् भने सूचना तथा जानकारीहरू सम्प्रेषणमा अब्बल रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # नबराज पन्थी सम्मानित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology