Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जन-जागृति युवा समाज कुवेतको सातौं अधिवेशन सम्पन्न, नेतृत्वमा राम बहादुर योन्जन

जन-जागृति युवा समाज कुवेतको सातौं अधिवेशन सम्पन्न, नेतृत्वमा राम बहादुर योन्जन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १५, २०८१ शनिवार • ११:२५:२२ बजे
  • 1.1K
    SHARES
  • जन-जागृति युवा समाज कुवेतको सातौं अधिवेशन सम्पन्न, नेतृत्वमा राम बहादुर योन्जन

    कुवेत  - जन-जागृति युवा समाज कुवेतको सातौ अधिवेशन तथा चौधौ वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिजो मिति २६ अप्रिल २०२४ का दिन सम्पन्न सातौ अधिवेशनले राम बहादुर योन्जन तामाङको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति पनि निर्वाचित गरेको छ ।  

    images

    औपचारिक  रूपमा पानसमा दिप प्रज्वलन तथा चौधौ वार्षिक उत्सवको केक काटेर शुरू भएको सातौ अधिवेशन संस्थाका अध्यक्ष आनन्द आचार्यको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता, गैर आवासीय नेपलाी संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामा एवं नेपाल पत्रकार महासंघ कुवेतका संरक्षक नबराज पन्थी, अध्यक्ष राज मल्ल लगगायतको विशेष आतिथ्यता तथा संस्थाका संरक्षक, सल्लाहकार, कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी, पत्रकार, प्रतिनीधि, बुद्धिजीवि, समाजसेवी लगायतको आतिथ्यता एवं खेलाडी, कलाकार लगायत जन-जागृति युवा समाज कुवेतमा आवद्ध दाजुभाइ तथा दिदीबहिनीहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।

    अधिवेशन समारोहलाइ सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि महामहिम राजदूतले जन-जागृतिले गरेका राम्रा कार्यहरूको प्रसंशा गर्नुहुँदै यस्ता कार्यहरू निरन्तर रूपमा गरिरहनु पर्ने भन्दै जन जागृति युवा समाज कुवेतको सराहना गर्नु भएको थियो । सम्बोधनमा महामहिमले  जन-जागृतिले गरेका सेवामुलक र जनचेतनामुलक कार्य आफैमा एक उदाहरणीय कार्य रहेको र कुनै स्वार्थरहित तरिकाले कार्य गरेको जनाउँदै आगामी दिनमा पनि कुवेतमा कृयाशिल सबै संघ संस्थासँग हातेमालो र सहकार्य गरेर अघि बढेमा अझ धेरै कार्यहरू गर्न सकिने र यसका लागि दूतावासको तर्फबाट गर्न सकिने जुनसुकै सहयोग गर्न दुतावास तयार रहेको पनि महामहिम ज्यूले सम्बोधनको क्रममा बताउनु भयो ।

    अधिवेशन समारोहमा शुभकामना मन्तव्य दिने बक्ताहरूले जन-जागृति युवा समाज सानो समुहमा रहेर पनि धेरै कार्य गरेकोमा सबैले जन-जागृतिको सिको गर्नु पर्ने बताएका थिए । अधिवेशनमा एनआरएनए अध्यक्ष रणध्वज लामा, पत्रकार महासंघका अध्यक्ष राज मल्ल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिएका थिए भने सस्थाका संरक्षक अध्यक्ष टिकाराम आचार्यले संस्थाका गतिविधिका बारेमा प्रिजेन्टेसन प्रस्तुत गरेका थिए

    संस्थाका उपाध्यक्ष जिवन सुनारको कार्यक्रम संचालन, वरिष्ठ उपाध्यक्ष राम बहादुर योन्जन तामाङको स्वागतमा आयोजित अधिवेशन कार्यक्रममा संस्थाका संरक्षक छत्र बहादुर कार्कीले संस्थाको पाँचौ अधिवेशनदेखि छैटौं अधिवेशन अघिसम्मको आय व्यय विवरण प्रस्तुत गरेका थिए भने संरक्षक कार्कीको नेतृत्वमा रहेको निर्वाचन समितिले सर्व सम्मतिमा सार्वजनिक गरेको नयाँ कार्य समितिको घोषणा पश्चात सभाध्यक्ष आनन्द आचार्यले व्यस्त समयको वावजुद पनि जन-जागृतिको निम्तोलाइ सहर्ष स्वीकार गरि पाल्नुहुने प्रमुख अतिथि ज्यू, विशेष अतिथि ज्यूहरू लगायत सम्पुर्णमा आभार प्रकट गर्दै कुवेतमा नेपालीहरूको संख्या बढेसँगै समस्याहरूपनि बढ्ने भएकोले सबैले हातेमालो र सहकार्य गरेर समस्या समाधानमा लाग्नुपर्ने जनाउँदै जन-जागृति युवा समाज कुवेत सदा सबैसँग सहकार्य गरेर अघि बढ्न तत्पर रहेको बताउँदै अधिवेशन सम्पन्न गर्न प्रत्यक्ष परोक्ष रूपमा सहयोग गर्ने सबैलाइ धन्यवाद दिंदै अधिवेशन समापन भएको घोषणा गरेका थिए ।

    सातौ अधिवेशनबाट निर्वाचित नयाँ कार्य समिति (२०२४-२०२६) यस प्रकार रहेको छः
    अध्यक्ष - राम बहादुर तामङ योन्जन
    उपाध्यक्ष - जिवन सुनार
    उपाध्यक्ष - मिरा बि पौडेल
    महासचिव - मित्र भक्त  आचार्य
    सचीव - हिमाला तामाङ
    सह-सचिव - सोनाम लामा
    कोषाध्यक्ष - सुर्यचन्द्र श्रेठ
    सह-कोषाध्यक्ष - उत्तम वाईबा
    अर्थ संयोजक - मिलन तामाङ
    अर्थ सह संयोजक - 
    सदस्य - 
    कृष्ण गुरुङ
    लाल बहादुर तामाङ
    कल्पना कार्की
    कोपिला शाही
    डुक्साङ लामा
    राजेन्द्र श्रेष्ठ
    कल्पना लामा
    महिला परिचालन समिति (3 सदस्य)
    संयोजक - कल्पना कार्की
    कोपिला शाही
    पुर्णिमा तामाङ
    सल्लाहकार समिति
    कृष्ण सुनार
    सन्तोस सुनार 
    संरक्षक 
    छत्र कार्की
    टिकाराम आचार्य
    आनन्द आचार्य

  • सम्बन्धित विषय:

  • # राम बहादुर योन्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology