Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

संखुवासभा समाज कुवेतको तदर्थ समिति गठन, संयोजकमा विजय लामा चयन

संखुवासभा समाज कुवेतको तदर्थ समिति गठन, संयोजकमा विजय लामा चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १५, २०८१ शनिवार • ११:२८:१४ बजे
  • 1.1K
    SHARES
  • संखुवासभा समाज कुवेतको तदर्थ समिति गठन, संयोजकमा विजय लामा चयन

    कुवेत -  वैदेशिक रोजगारीको शिलशिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका संखुवासभालीहरुको  पहिलो भेलाले संखुवासभा समाज कुवेत तदर्थ समिति गठन गरेको छ । सो भेलाले नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका सदस्य समेत रहेका बिजय तामाङलाई सर्वसम्मत संयोजकमा चयन गरेको छ । 

    images

    कुवेतको साल्मियास्थित डाम्पा रेस्टुरेन्टमा २६ अप्रिल शुक्रवारको दिन संखुवासभालीहरुको  पहिलो भेलाले “अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने नारालाई आत्मसात गर्दै रोजगारीको शिलशिलामा प्रवासी भूमी कुवेतमा रहेर पनि आफु जन्मेको संखुवासभा जिल्लालाई सामाजिक बिकासमा केही टेवा पुर्‍याउने र प्रवासी संखुवासभालीहरुको हरेक सुख दु:खमा सक्दो साथ दिने तथा कुवेतको नेपाली समाजमा प्रत्यक्ष या परोक्ष रुपमा सहकार्य गर्ने उदेश्यले समाज गठन भएको हो ।
     
    त्यसैगरी भेलाले विजय लामाको संयोजकत्वमा मा १३ सदस्यीय तदर्थ समिति समिति गठन गरेको छ । तदर्थ समितिको उपसंयोजकमा सरोज तामाङ, महिला उपसंयोजकमा रोसिका गुरुङ, सचिवमा बिमल श्रेष्ठ, सहसचिवमा दिल कुमार तामाङ, कोषाध्यक्षमा पूजा तामाङ, सह-कोषाध्यक्षमा शंकर घिमिरे चयन भएका छन भने सदस्यहरुमा प्रेम जिमी , सन्जय लिम्बु , लाल ब तामाङ , बिस्नु तामाङ , जीवन कुमार लिम्बु र सुरेश गुरुङ चयन भएका छन । भने समाजले कुवेतमा रहेका अन्य नेपाली सँघ-संस्थाहरु र नेपाली राजदूतावास सँग समन्वय गरि अघि बढ्ने र अब चाडै नै अधिवेशन गर्ने  तयारी गरिरहेको संयोजक लामाले जानकारी दिएका छन ।

  • सम्बन्धित विषय:

  • # विजय लामा चयन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology