Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा तीन किराती सस्थाले संयुक्त रुपमा उभौली पर्व ७ जुनमा मनाउने

कुवेतमा तीन किराती सस्थाले संयुक्त रुपमा उभौली पर्व ७ जुनमा मनाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २९, २०८१ शनिवार • १३:४८:३९ बजे
  • 2.9K
    SHARES
  • कुवेतमा तीन किराती सस्थाले संयुक्त रुपमा उभौली पर्व ७ जुनमा मनाउने

    कुवेत – कुवेतमा रहेका तीन किराती सस्थाले संयुक्त रुपमा उभौली पर्व ७ जुनमा मनाउने भएका छन । 

    images

    कुवेतस्थित खैतानमा रहेको राजधानी होटलमा किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्त रुपमा उभौली पर्व मनाउने किरात राई यायोक्खाका अध्यक्ष उमेश राईले जानकारी दिएका छन ।

    किरातीहरु प्रकृति पूजक भएकाले प्रकृतिलाई खुसी पार्न हरेक वर्ष बाली लगाउने समयमा उभौली र अन्नबाली पाकेपछि बाली भित्र्याउँदै मंसिरे पूर्णिमामा उधौली प्रवासमा रहेर पनि मनाउने गरेका छन् । “भाषा, संस्कार, संस्कृतिको संरक्षण, किरातीहरुको साझा अभियान” भन्ने मुल नाराका साथ सबै किरातीहरु एकताको सुत्र भित्र बाधिनु पर्छ भन्ने उदेश्यका साथ एउटा उदाहरणको रुपमा बिगत ७ वर्षदेखि कुवेतमा कृयाशिल तीन किराती संस्थाद्वारा किरातीहरुको महान चाड उभौली र उधौली साकेला संयुक्त रुपमा मनाउदै आएका छन ।

    प्रवासमा भएर पनि किरातीहरुको महान चाड उभौली साकेला, यक्वा तङ्नाम, रापवा श्यादर पिदर येले दोङ्, येले तङ्बे,येले थोचे,५०८४ को उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा परम्परागत वेशभूषामा सजिएर गोलो घेरामा ढोल र झ्याम्टाको तालमा साकेन्वा सिली नाच्ने गरिन्छ । 

    कुवेतमा कार्यरत किराती तथा गैर किराती नेपाली दाजुभाई तथा दिदीबहिनी र कुवेतमा कृयाशिल संघ सस्थालाई प्रतिनिधित्व गर्ने सस्थाका अध्यक्ष/ प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, समाजसेवी, खेलाडी, कलाकार लगायत सबैलाई कार्यक्रममा उपस्थिति भई शोभा बढाई दिन हुनको आयोजक तीन किराती सस्थाले अनुरोध गरेको छ ।

    कार्यक्रम हुने स्थान, मिति र समय 
    स्थान- खैतानको राजधानी होटल
    मिति – ७ जुन २०२४
    समय-बिहान १०:३० बजे बिहान देखी

    आयोजक
    किराँत राई यायोक्खा कुवेत
    किराँत याक्थुङ चुम्लुङ कुवेत
    सुनुवार सेवा समाज कुवेत

  • सम्बन्धित विषय:

  • # ७ जुनमा मनाउने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology