Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लखन थापा मगर गोल्ड कपको टिम दर्ता र टाईसिट ०७ जुनमा हुने

लखन थापा मगर गोल्ड कपको टिम दर्ता र टाईसिट ०७ जुनमा हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

जेठ १०, २०८१ बिहिवार • ०६:२७:११ बजे
  • 1.1K
    SHARES
  • लखन थापा मगर गोल्ड कपको टिम दर्ता र टाईसिट ०७ जुनमा हुने

    कुवेत - नेपाल मगर संघ शाखा कुवेतले आगामी १४ जुन २०२४ का दिन आयोजना गर्न गईरहेको शहिद लखन थापा मगर रनिङ शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको चौंथो संस्करणका लागि टिम दर्ता र टाईसिट ०७ जुन २०२४ शुक्रबार, महबुल्लाको भविबल मैदानमा दिनको ठिक ४ बजे गर्ने जनाएको छ। 
     
    आयोजक मगर संघले टिम दर्ता गराई सकेपश्चात गोला प्रथाद्वारा टाईसिट सार्वजनिक गर्ने जनाएको छ। आयोजकले सम्पूर्ण भलिवल टिमहरुलाई सहभागीताको लागि आव्हान गर्दै मगर संघ कुवेतको १३औं स्थापना दिवसको अवसरमा आयोजना गरिने शुभकामना आदान्-प्रदान सहितको कार्यक्रममा सम्पूर्ण खेलाडी, खेलप्रेमी दर्शक तथा समाजसेवीहरुबाट सहयोग तथा सल्लाह सुझावको अपेक्षा सहित टुर्नामेण्ट सम्बन्धी तपशिल बमोजिम विवरणहरु उपलब्ध गराएको छ।
     
    तपशिल:
    १) टिम दर्ता गराउने मिति, समय, स्थान: ०७ जुन २०२४, अपरान्ह ४ देखी ५ बजेसम्म, महबुल्लाको भलिवल मैदान
    २) आवश्यक कागजात: खेलाडिको नाम, सिभिल आईडी या पासपोर्टको कपी (टेलिफोन नम्बर सहित)
    ३) टाई सीट घोषणा गरिने मिति: ०७ जुन २०२४, साँझ ५ बजे सोही स्थान
    ३) टिम दर्ता शुल्क: ३० कुवेती दिनार (शुल्क दर्ताको समयमा अनिवार्य बुझाउनु पर्ने अन्यथा दर्ता नहुने)
    ४) खेल मैदान: अल-साहिल स्पोर्ट्स क्लवको स्टेडियम अबुहालिफा, कुवेत
    ५) खेल हुने मिति र समय: १४ जुन २०२४ शुक्रबार, बिहानको ठिक ८.०० बजे
     
    प्रथम पुरस्कार: गोल्ड कप, मेडल, प्रमाण-पत्र र २५१ केडी नगदी
    दित्तिय पुरस्कार: ट्रफी, मेडल, प्रमाण-पत्र र १५१ केडी नगदी
    उत्कृष्ट टिम: ट्रफी र प्रमाण-पत्र
    उत्कृष्ट खेलाडी: ट्रफी र प्रमाण-पत्र
    सहभागी टिम: प्रमाण-पत्र
    अम्पायर: मेडल र प्रमाण-पत्र

    images

    यसैगरी, टुर्नामेण्ट सफल पार्नको लागि आयोजकले स्टेडियमा प्रसाशनको आदेश र कुवेतको स्थानिय कानुनलाई ध्यानमा राख्दै निम्नानुसार नियमावली सार्वजनिक गरेको छ।
     
    १) लखन थापा गोल्ड कपका सम्पूर्ण खेलहरु आयोजक मगर संघ कुवेतले जिम्मा लगाईएका सक्षम रेफ्रीहरुबाट खेलाईने छ। खेल अवधिमा रेफ्रीहरुको निर्णय नै अन्तिम निर्णय हुनेछ।
     
    २) कुनै पनि खेलाडिले रेफ्रिलाई अपशब्द प्रयोग गरेमा या रेफ्रिको आदेश तथा निर्णयलाई उल्लङ्घन गरेमा उक्त खेलाडिलाई रेड कार्ड प्रदान गरि अघिल्लो एक म्याच खेल्नबाट बञ्चित गरिने छ भने उक्त खेलाडीले सोही व्यवहार पुन. दोहोर्याएमा उसलाई पुरा टुर्नामेण्टबाटै निलम्बित गरिने छ।
     
    ३) सम्पूर्ण टिमका खेलाडी तथा टिम म्यानेजरलाई आफ्नो सिभिल आईडी या पासपोर्टको कपी टिम दर्ताको दिनमा अनिवार्य बुझाउन अनुरोध गरिएको छ। दर्ताको दिन नबुझाउनेले खेल सञ्चालन हुने दिन १४ जुनमा बुझाउनु पर्नेछ तर खेलाडिको नाम भने दर्ताको समयमै दिनु पर्नेछ अन्यथा कुनै पनि खेलाडिलाई टुर्नामेण्टमा समावेश गराउन आयोजक असमर्थ रहने छ।
     
    ४) कुनै पनि खेलाडीले मादक पदार्थ सेवन गरी खेलमा सरिक भएको पाईएमा उक्त खेलाडिलाई पुरा टुर्नामेण्टबाटै निलम्बित गरी स्टेडियम प्रशासनलाई सूचित दिई कानुन बमोजिम कार्वाहीको लागि कुवेतको सुरक्षा निकायमा अपिल गरिने छ।
     
    ५) सम्पूर्ण खेलाडीहरुले कभर्ड हलमा केबल स्पोर्ट्स जुत्ता मात्र लगाएर खेल्नु पर्नेछ। पैतलामा गोटी भएका र कलर जाने खालका जुत्ता लगाएर खेल्न र स्टेडियम प्रशासनले मनाही गरेको छ।
     
    ६) लखन थापा गोल्ड कप सदा झैं बेस्ट अफ थ्री चरणमा पहिलो सेटहरु २५-२५ र अन्तिम सेट १५ नम्बरको आधारमा खेलाईने छ।
     
     
    ७) टुर्नामेण्टमा सहभागी हुने प्रत्येक टिमका खेलाडिहरुले टिमको जर्सी अनिवार्य रुपमा लगाउनु पर्नेछ भने खेलाडीको संख्या ८ र टिम मेनेजर अनि कोच सहित १० जनाको समुहमा हुनु पर्नेछ।
     
     
    ८) प्रत्येक टिमबाट ३/३ जना स्वयंसेवकको नामावली आयोजकलाई दिनु पर्नेछ। आफ्नो टिमको खेलमा स्वयंसेवक अनिवार्य उपस्थित हुनु पर्ने र कारणवस उपस्थित हुन नसकेमा अर्को सवयंसेवकको नामावली आयोजकलाई खेल शुरु हुनु आगावै दिनु पर्नेछ।
     
    ९) कुनै पनी बिदेशी खेलाडीलाई मान्यता दिईने छैन। खेलको प्रतिश्पर्धामा भबितब्य पर्न गई घट्न सक्ने घटना र आफ्नो समुहका खेलाडीहरुको गलत व्यबहार प्रति टिम मेनेजर, टिम कोच र टिम क्याप्टेन स्वयं उत्तरदायी हुनु पर्नेछ।
     
    १०) कुनै पनि समुहका खेलाडीलाई एक समुहबाट अर्को समुहमा खेल्न मनाही गरिएको छ। यदि त्यो किसिमको स्थिती देखिन आएमा प्रतिवादी समुहका टिम मेनेजरले आयोजकलाई सूचित गर्न सक्नेछ।
     
    ११) उपस्थित दर्शक तथा खेलाडीहरुले कभर्ड हल बाहिर क्यान्टिनमा बसेर जलपान गर्न सकिने छ भने कसैलाई पनि कभर्ड हल भित्र लगेर खान, पिउन, कागज, प्लेट तथा पानीका बोतलहरु फाल्न र फोहोर गर्न हल प्रशासनले सख्त मनाही गरेको छ।
     
    १२) जलपानको लागि आयोजक मगर संघ कुवेतले सशुल्क क्याटेरिङ्गको व्यवस्था गर्नेछ भने अन्य कुनै पनि समुह, समुदाय या व्यक्ती बिशेषलाई कुनै पनि खाध्य या पेय पदार्थहरु बेच बिखन गर्न सख्त मनाही गरिएको छ।
     
     
    १३) टुर्नामेण्टमा प्रतिश्पर्धा गर्ने सहभागी टिम आयोजकले निर्धारण गरेको खेल समयभन्दा १५ मिनट अगावै उपस्थित भई आयोजकलाई सूचित गर्नु पर्नेछ। यद्दपी तोकिएको समयमा प्रतिश्पर्धी समुह उपस्थित नभएमा ‘फ्री सर्विस’ मार्फत विजयी घोषित गरिने छ भने दुबै समुह कारणवश तोकिएको समयमा उपस्थित हुन नसकेमा आयोजकले परिस्थिती हेरी कुनै पनि निर्णय गर्न सक्नेछ।
     
    १४) सहभागी समुहहरुले आफ्ना खेलाडीहरुलाई पेय पदार्थ, जलपान, खाना, औषधी उपचार र यातायात जस्ता आबश्यकतामूलक चिजहरुको व्यवस्था स्वयंले गर्नु पर्नेछ।
     
    १५) कुनै पनि टिमका खेलाडी या टिम सपोर्टरहरुले मादक पदार्थ सेवन गरी वा नगरी होहल्ला, अशान्ति र उछ्रिङ्खल गतिविधिहरु उत्पन्न गरी खेललाई असर गरेको खण्डमा उक्त व्यक्तिलाई तुरुन्त हल प्रशासनलाई सूचित गरि कुवेतको सुरक्षा निकायलाई जिम्मा लगाउन र कानुन बमोजिम कार्वाहीको लागि पहल गर्न आयोजक वाध्य हुनेछ।
     
    १६) लखन थापामगर गोल्ड कपमा बिजयी हाँसिल गर्ने टिमले बिजेता भएको १५ दिनदेखी १ महिना भित्रमा गोल्ड कप ईमान्दारिपूर्वक सहि-सलामत आयोजक मगर संघ कुवेतलाई वापस बुझाउनु पर्नेछ।
     
    १७) लखन थापामगर गोल्ड कप रनिङ्ग शिल्ड भएकोले यसमा कब्जा जमाउन सोही टिम लगातार तीन वर्ष (३ पटक) सम्म्म बिजयी हुनु पर्नेछ भने कब्जा जमाउने टिमलाई सम्मान स्वरुप बिजेता पुरस्कारको साथमा प्लस १०० केडी (बढी) नगदीले पुरस्कृत गरिने छ भने नियमावली नं. १६ अनुसार गोल्ड कप १५ दिनदेखी १ महिना भित्रमा आयोजकलाई सही-सलामत वापस बुझाउनु पर्नेछ।
       टुर्नामेण्ट सम्बन्धी थप जानकारीको लागि:
     गोल्ड कप संयोजक – मनु भुजेल मगर – ६९३३३८८३
    गोल्ड कप उप-संयोजक – उमेश राना मगर – ९४७३४४९९
    युवा संयोजक – जिमी काउचा मगर – ९४४२०६३६
     महासचिव - श्रवण गाहा मगर - ६९०५८०२७
    सचिव - कृष्ण पुन मगर - ९७२६७०४१
    खेलकुद बिभाग - खड्ग खपाङी मगर - ६६२७१९७२
    मिडिया बिभाग - बिकास रोका मगर - ९८९७१४७३ 
     अर्थात मगर संघ कुवेतका अध्यक्ष, उपाध्यक्ष, सल्लाहाकार लगायत कुनै पनि पदाधिकारीहरुलाई सम्पर्क गर्न सकिने छ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology