Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन सम्पन्न, नेतृत्वमा बिष्णु प्रसाद भट्टराई

खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन सम्पन्न, नेतृत्वमा बिष्णु प्रसाद भट्टराई

चन्द्र गाेतामे

चन्द्र गाेतामे

जेठ १२, २०८१ शनिवार • १५:४५:०७ बजे
  • 982
    SHARES
  • खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन सम्पन्न, नेतृत्वमा बिष्णु प्रसाद भट्टराई

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन नेपाल बाट अतिथि कलाकार गायक तथा संगीतकार अनिल कोयी राईको साथमा २४ मे २०२४ मा सम्पन्न भएको छ । मञ्चको नेतृत्वमा बिष्णु प्रसाद भट्टराई सर्वसम्मत चयन भएका छन ।
     
    कुवेतको नेपाली समाजमा सन् २०११ मा 'भाषा अनि संस्कृतिमा विविधता, विकाश निर्माणमा हाम्रो एकेबद्धता' भन्ने मुल नाराका साथ स्थापना भएको मन्चले खैतानस्थित राजधानी होटलमा नेपालबाट अतिथि कलाकार ल्याई छैठौं अधिवेशन सम्पन्न गरेको हो ।

    images

    प्रेम कटुवालको सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूतावास कुबेतका प्रथम सचिव सुजन विडारी, विशिष्ट अथितिमा NRAN कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ कुवेतका सचिव हरि बानियाँ, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ रहेका थिए।
    प्रमुख अतिथि र सभापतिले सयुक्तरूपमा दिप प्रज्वलन गरी कार्यक्रमको विधिवत्  उद्घाटन गरेका थिए । 

    कार्यक्रममा बिभिन्न मनोरञ्जनात्मक एकल तथा सामूहिक नृत्य प्रस्तुत गरिएको थियो भने कार्यक्रममा नेपालबाट आएका अतिथि कलाकार नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा संगीतकार (अनिल कोयी राई)ले आफ्नो नयाँ पुराना गीतहरु गायर उपस्थित सबैलाई भरपूर मनोरञ्जन दिएका थिए ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology