कुवेत - नेपाल तामाङ घेदुङ कुवेतले २५६८ औं बुद्ध जयन्ती मनाएको छ । कुवेतको मङ्गाफस्थित मेमोरी हलमा २४ मे २०२४ का दिन एक कार्यक्रम आयोजना गरि बुद्ध जयन्ती मनाएको हो ।
प्रवासमा रहेर पनि तामाङ जातिको परम्परागत शैली अनुसार कार्यक्रममा दीप प्रज्वलन, शान्ति पाठ पूजा गरिएको थियो । नेपाली राजदूतावास कुवेतको तृतीय सचिव रेवन्त केसी, गैर आवासीय नेपाली संघ कुवेत अध्यक्ष राना लामा, आइसिसि सदस्य हरि लावती, घेदुङ्ग केन्द्रीय सदस्य निर्मल स्याङ्तान, जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत लोप्चन लगायतका अतिथिहरुले केक काटेर दिप प्रज्वलन गरि कार्यक्रमको उद्धाटन गरिएको थियो ।
कार्यक्रममा नेपाली राजदूतावासको तृतीय सचिव रेवन्त केसीको प्रमुख आतिथ्यतामा, गैर आवासीय नेपाली संघ कुवेत अध्यक्ष राना लामाको विशेष अतिथि, आइसिसि सदस्य हरि लावती, घेदुङ केन्द्रीय सदस्य निर्मल स्याङ्तान, जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत लोप्चन, सल्लाकार केशर घलान लगायतका बक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए ।
त्यसैगरी युग लामाको संचालन रहेको कार्यक्रममा स्वागत मन्तव्य हर्क मोक्तानले रकहेका थिए भने अध्यक्ष पेमा लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।